-->
कृषि विकास बैंकका दुई बलात्कारीलाई एसएसपी खनालले समातेर लुसुक्क छाडेको खुलासा


काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रमुख सर्वेन्द्रनाथ खनालले
पीडित महिला टीकामाया गोलेको
पीडा सुनेपछि गत भदौ २८ गते नै कृषि
विकास बैंक पुतलीसडकका तत्कालीन
उपप्रमुख थानेश्वर पन्थी र ड्राइभर भाइचा
महर्जनलाई पक्राउ गरी सौदाबाजीपछि
रेकर्डमा नराखी छाडिदिएको खुलासा
भएको छ ।
त्यसको दुई दिन अघिसम्म एसएसपी
खनालले उनीहरुविरुद्द लिखित उजुरी लेऊ
तुरुन्तै समातेर कारबाही गर्छु भन्ने गरेका
खनालले उनीहरुसँगको सौदाबाजी पछि
उजुरी लिनै नमानेको पीडित
टीकामाया गोलेको आरोप छ ।
त्यसअघि एसएसपी खनालले
टीकामायामाथि भएको अन्यायबारे
अनुसन्धान गर्न र स्थलगत निरीक्षण गर्न
प्रहरी निरीक्षक सुदीप पाठकलाई
खटाएका थिए । आजको कारोबार
दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.