-->
सेतो सुन फलाउने झुपडी

पुस १४
काठमाडौं– तस्विरमा देखिएका
झुपडी भुकम्पपिडितका होइनन् । न त
यो शहरको कुनै कुनामा रहेको गरिव
बस्ती नै हो । यी झपडी हुन्
मध्यललितपुरको चापागाँउ शेरा
फाँटमा रहेको व्यावसायिक
चाउखेतीको ।
जीउमा जाँगर हुने युवाले धन कमाउन
खाडीको मरुभूमिमा पसिना बगाउनु
पर्दैन । घरको तातोतुतो खाएर आफ्नै
लालावालासँग हाँसखेल गर्दै यही
कमाउन सकिन्छ भन्ने उदारण यहाँका
युवाहरुले देखाएका छन् ।
पार्टी प्यालेसको सानोतिनो भोज
होस् या पाँचतारे होटलको भव्य
पार्टी जहाँ खानाको मेनुमा च्याउ
अनिवार्य झैं हुन्छ ।
तरकारी वालीमा च्याउ खेतीलाई
सेतो सुन फलाउने व्यावसायको रुपमा
लिइन्छ । यो तरकारीमा सबै भन्दा
महँगो पर्छ । सिजनमा पनि प्रतिकेजी
३÷४ सय रुपैयाँ भन्दा कम हुदैन भने
अफसिजनमा ५/६ सय रुपैयाँको
हाराहारीमा बिक्रि हुन्छ ।
चापागाँउको शेरा फाँट, चौकी टोल
र बज्रवाराहीका खेत च्याउका झपडी
नै झपडीले ढाकिएका छन् । हिँउदको
चिसो मौसममा ललितपुरको शहरी
क्षेत्र च्याउ खेती गर्ने युवाहरु बर्षे
मौसममा ललितपुरकै नल्लु,
भारदेउ,देविचौर,फुल्चोकी,तिनपाने
देखि दलचोकीको डोलतिर झपडी
हाल्न पुग्छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.