-->
माधवलाई बाहिर राखेर मन्त्री चयन


गत बिहिबार बिहानै प्रधानमन्त्रीका
मुख्य सल्लाहकार विष्णु रिमालले फोन
गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई
बालुवाटार आउन आग्रह गरे । उनले विषय
पनि खुलाए– ‘आज मन्त्रिपरिषद्
विस्तार गर्ने कुरा छ, त्यही विषयमा
प्रधानमन्त्रीले कुराकानी गर्न तपाईं र
जेएनलाई बोलाउन भन्नुभएको छ ।’
१० बजे वरिष्ठ नेता नेपाल बालुवाटार
पुग्दा प्रधानमन्त्री केपी शर्मा ओली
भेटघाटमै व्यस्त थिए । एकछिन कुरेपछि
थाहा भयो, अर्का वरिष्ठ नेता
झलनाथ खनाल इलाममै रहेछन् । साना
दलका तर्फबाट परिवारका दलका
एकनाथ ढकाल, समाजवादीका
प्रेमबहादुर सिंह र जनमुक्ति पार्टीका
शिवलाल थापा मन्त्री बन्ने चर्चा चले
पनि राप्रपाबाट कसलाई बनाउने
भन्नेमा कुरा मिलेको थिएन ।
प्रधानमन्त्री ओली राप्रपाका
महामन्त्री विक्रम पाण्डेलाई मन्त्री
बनाउन चाहन्थे । तर, अकुत सम्पत्तिको
अभियोगमा व्यवसायीसमेत रहेका
सभासद् पाण्डेलाई अख्तियारले पत्र
काटेका कारण उनलाई अप्ठेरो
परिरहेको थियो । यही बीचमा माधव
नेपालको तर्क थियो– ‘पहिलादेखि नै
सबै कुरा दीपक बोहरासँग भएको छ भने
अहिले अरुसँग कुरा किन गर्ने ?
लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेरसँग
कुरा गरेर जुन नाम दिन्छन्, त्यही गरे
भइहाल्यो नि ।’
वरिष्ठ नेता नेपाललाई तातो पानी र
चिया खुवाउँदै, बेलाबेलामा विष्णु
रिमाल आएर डेढ घन्टासम्म कुराएका
थिए । कोसँग कुराकानी भइरहेको छ
भन्ने नखुलाएरै रिमालले भनेका थिए–
‘तपाईंजस्तो उहाँ कहाँ हुनुहुन्छ र ?
ढिलो भयो भने तपाईं घन्टी बजाएर
पीएलाई बोलाउनुहुन्थ्यो । उहाँ त १०
पटक पीए पठाए पनि कुरा
छोट्याउनुहुन्न ।’
केपी र र्ईश्वरद्वारा नाम तय
बाहिर माधव नेपाललाई त्यतिबेर
कुराएर भित्र प्रधानमन्त्री ओली र
एमाले महासचिव ईश्वर पोखरेलबीच कुरा
भइरहेको रहेछ । त्यही दिन एमालेका
तर्फबाट राज्यमन्त्री नियुक्त हुँदैछन् भन्ने
कुरा वरिष्ठ नेता नेपाललाई थाहा
पनि थिएन । पछि भित्रबाट ओली र
पोखरेल निस्केपछि बल्ल राज्यमन्त्री
चयनको विषयमा छलफल भएको हेछ भन्ने
थाहा भएको रहेछ ।
सल्लाह एउटा, घोषणा अर्कै
पछि दुई नेताबीच टेलिफोनमा
कुराकानी भएको थियो ।
मन्त्रिपरिषद्को बैठक चल्दै गर्दा
उप्रधानमन्त्री भीम रावलको
मोबाइलमा दुई जनाबीच १५ मिनेट जति
कुरा भएको थियो । स्रोतका अनुसार,
त्यतिबेला ओलीले पार्टीबाट क–
कसलाई मन्त्री बनाउने हो भनेर सोधेका
थिए ।
वरिष्ठ नेता नेपालले तराईबाट फुल
मन्त्री बनाउँदा शत्रुघ्न महतो, वंशीधर
मिश्र, नागेन्द्र चौधरी वा रामचन्द्र
यादवमध्ये एकजना बनाउन सुझाव
दिएका थिए । तर, जवाफमा
प्रधानमन्त्री ओलीले धर्मनाथ साहलाई
बनाएर के हुन्छ भनेर सोधेका थिए ।
नेपालको जवाफ थियो– ‘त्यसो भए
मलाई किन सोध्नुहुन्छ त ?’
राज्यमन्त्रीमा रामदयाल मण्डलको
नाम उठेको थियो । अन्तिममा
महोत्तरीका दीपनारायण साहको
नाम घोषणा गरिएको छ ।
उता सुदूरपश्चिमबाट वरिष्ठ नेता
नेपालले प्रेमबहादुर आले वा गणेशसिंह
ठगुन्नामध्ये एकजनालाई राज्यमन्त्रीमा
राख्न सिफारिस गरे पनि ओलीले आफ्नै
गुटका वफादार भएका कारण दामोदर
भण्डारीलाई बनाएका छन् ।
छ नम्बर क्षेत्रबाट एकजना क्याबिनेट
मन्त्री बनाउन अनुरोध गर्दै वरिष्ठ नेता
नेपालले प्रकाश ज्वालाको नाम
लिएका थिए । फुल मन्त्री नहुने भएमा
राज्यमन्त्रीमा दैलेखका अमरबहादुर
थापालाई बनाउन अनुरोध गरिएकोमा
जुम्लामा गत चुनावमा सहयोग नगरेको
अभियोग लागेका समानुपातिकवाला
बलबहादुर महतको नाम राज्यमन्त्रीमा
घोषणा भएपछि नेपाल स्वयम् छक्क
परेका छन् ।
छ जना राज्यमन्त्री बनाउँदा छ जना नै
आफ्नै गुटका बनाउलान् भन्ने माधव
नेपाल समूहका नेताहरुले कल्पना पनि
गरेका रहेनछन् । एक पदाधिकारीले
बुधबारसँग भने– ‘माधव नेपालसँग सल्लाह
गरेको थिएँ भन्नका लागि टेलिफोन
गर्र्ने तर नाम राख्दा आफ्ना गुटका
मानिसको मात्रै राख्ने
जालसाजीपूर्ण काम भएको छ ।’ वरिष्ठ
नेता नेपालले यसलाई विगतमा
खुमबहादुर खड्काले एउटा प्रसंगमा
आफूलाई गरेको ठगीकै जस्तो रुपमा
व्याख्या गरेका छन् ।आजको बुधबार
साप्ताहिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.