एजेन्सी । श्रीमतीसँग विवाद भएपछि छत्तीसगढमा
एक व्यक्तिले आफ्नै दुई महिने छोराको हत्या गरेका
छन् ।
उनकी श्रीमतीले यौनसम्पर्क राख्न अस्वीकार
गरेपछि आवेगमा आएर छोराको हत्या गरेको
प्रहरीले जनाएको छ । घटना दुर्ग जिल्लाको हो ।
बेलदारपाडामा आफ्ना परिवारका साथ बस्दै
राकेश गोंडको घरमा उनकी पत्नी सीमा र दुई
महिनाको छोरा थियो । आइतबार राति राकेश
रक्सीको नशामा घर आइपुगे । यसैक्रममा श्रीमान–
श्रीमतीबीच निकै विवाद भयो ।
त्यसपछि राति दुई बजे राकेश आफ्नी श्रीमती
सुतेको कोठामा गएर उनीसँग यौन सम्बन्ध बनाउन
खोजे तर, सीमाले मानिनन् । त्यसपछि दुबैबीच फेरि
विवाद सुरु भयो । त्यही बीचमा राकेश राति
तीन बजे आफ्नो दुई महिने छोरालाई उठाएर घरबाट
हिँडे । उनी विहानसम्म घर फर्किएनन् ।
जब उनी फर्किएर आए तब तब उनको साथमा छोरा
थिएन् । सीमाले जब आफ्नो छोराको बारेमा
सोधिन तब राकेशले छोरालाई खाल्डोमा गाडेर
आएको बताए । त्यसपछि सीमा छोरा गाडेको
ठाउँमा पुगिन् । खाल्डोबाट छोरा निकाल्ने
प्रयास गरिन् तर, त्यती बेलासम्म छोराको मृत्यु
भइसकेको थियो । त्यसपछि राकेशले सीमा त्यही
कुट्न थाले । उनी ज्यान बचाएर त्यहाँबाट भागेर घर
पुगिन् र घटनाबारे परिवारलाई जानकारी गराइन्
।
सीमाका परिवारजनले यो घटनाबारे प्रहरीलाई
जानकारी गराए । सूचना पाएपछि घटनास्थल पुगेर
प्रहरीले बच्चाको शवलाई माटोबाट बाहिर
निकालेर पोस्टमार्टम गरी परिवारको जिम्मा
लगाएको छ । प्रहरीले सीमाको उजुरीका
आधारमा राकेशविरुद्ध ज्यान मार्ने उद्योगमा
मुद्दा दर्ता गरी फरार रहेका राकेशको खोजी
गरिरहेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...