हिजोआज हामीले मानसिक यौन विकृतिका धेरै घटनाबारेसुन्छौं । कतिपय मानसिक यौन विकृतिका स–सानाघटना गम्भीर रुपमा लिइन्छन् भने कतिपय गम्भीर घटनालार्इृपनि हल्का रुपमा लिइने गरेको पाइन्छ । यौन प्राणीजगतका लागि प्राकृतिक आवश्यक प्रक्रिया हो ।सन्तानोत्पादन गरी वंश विस्तारको लागि यो झन्आवश्यक हुन्छ । अझ मानिसको हकमा यौनको परिभाषाझन् विशिष्ट हुने गर्छ । यौवनावस्थामा विपरीतलिङ्गप्रति आकर्षण हुनु स्वाभाविक हो ।केटा वा केटीमा स्वाभाविक यौन क्रियाकलापमाअसन्तुलन हुनु र मनोवैज्ञानिक रुपमा उथलपुथल हुनुलाईमानसिक यौन विकृति भनिन्छ । समाजमा मानसिक यौनविकृतिबाट सताइएका धेरै व्यक्ति हुन्छन् । हाम्रो समाजअझै पनि यौनका सम्बन्धमा त्यति खुलि नसकेका कारणयौन समस्याको समाधानतर्फ लाग्नुभन्दा समस्या नैलुकाउने गरेको पाइन्छ ।तनावपूर्ण जीवन, डर, चिन्ता, उदासीनता, दीर्घरोग, यौनसम्बन्धी अज्ञानता वा अनविज्ञता, अधिक धूमपान, मद्यपान, यौनसम्बन्धी बढीजागरुक हुनु वा नराम्रो सोच, बानी–व्यहोरा, साथीहरुको लहैलहैमा लाग्नु, अश्लील चलचित्र र गतिविधिमा संलग्न हुनु, वेश्यावृत्ति,विभिन्न औषधिहरुको लामो प्रयोग जस्ता कारणले यौन विकृति उत्पन्न गराउँछन् ।“तनावपूर्ण जीवन, डर, चिन्ता, उदासीनता, दीर्घरोग, यौनसम्बन्धी अज्ञानता वा अनविज्ञता, अधिक धूमपान, मद्यपान,यौनसम्बन्धी बढी जागरुक हुनु वा नराम्रो सोच, बानी–व्यहोरा, साथीहरुको लहैलहैमा लाग्नु, अश्लील चलचित्र रगतिविधिमा संलग्न हुनु, वेश्यावृत्ति, विभिन्न औषधिहरुको लामो प्रयोग जस्ता कारणले यौन विकृति उत्पन्न गराउँछन्”कुनै व्यक्तिमा यौन इच्छा भए पनि लिङ्गमा उत्तेजना हुदैन । यस्तो अवस्थालाई यौन असक्षमता (इम्पोटेन्स¬¬) भनिन्छ । यस्तो अवस्थामाव्यक्तिले यौन सम्पर्क राखे पनि सन्तुष्टि दिन र प्राप्त गर्न सक्दैन । यो पुरुषमा देखिने मानसिक यौन विकृति हो । यसका धेरै कारण हुनसक्छन् । जस्तोः लिङ्गको संरचना विकृत रहनु, अण्डकोषको राम्रो विकास नहुनु, लिङ्ग काटिएको अवस्था, हाइड्रोसिल, हर्निया,फाइलारियासिस, क्यान्सर आदिका कारण यौन सन्तुष्टि प्राप्त हँुदैन । दुर्घटना भई लिङ्ग बिग्रनु, रक्सी सेवन, कोकेन, अफिमजस्तालागूऔषधको प्रयोग र पक्षघातले पनि यौन दुर्वलता पैदा गर्छन् ।मानसिक यौन विकृतिको अर्को कारण ‘फरिजिडिटी’ हो । यो महिलामा हुने विकृति हो । यसमा महिला यौनसम्पर्कको शुरुआत गर्नअसक्षम हुन्छन् । सके पनि पूर्णता दिन नसक्ने हुन्छन् । यसका मुख्य कारणमा महिलालाई सानोमा यौन दुव्र्यवहार हुनु, बलात्कार हुनु, दुर्घटनामापर्नु आदि पर्दछन् । कसैलाई यौन सम्पर्क गर्दा योनीमा अत्यधिक दुख्ने हुन्छ ।निद्रामा वीर्य स्खलन (स्वप्नदोष) ले पनि कतिपय अवस्थामा मानसिक यौन विकृति पैदा गर्छ । तर स्वप्नदोष हुँदैमा डराउनु पर्दैन । योप्राकृतिक प्रक्रिया हो । कतिमा त स्वप्नदोष भएमा नपुंसक भइन्छ भन्ने डर पनि रहेको पाइन्छ । त्यसैले यसलाई विकृतिको रुपमा नलिएरसकारात्मक रुपमा लिने गर्नुपर्छ ।शीघ्र स्खलनले पनि यौन जीवनमा समस्या निम्त्याउँछ । यौन सन्तुष्टि पाउनु अगावै वीर्य स्खलन हुनुलाई शीघ्र स्खलन भनिन्छ । यसका केहीकारणहरुमा पीर, तनाव, यौनबारे अनविज्ञता, शारीरिक थकान, मानसिक थकान, यौन साथीप्रतिको नकारात्मक धारणा, पाको उमेर,दीर्घरोग, औषधिको प्रयोग र असुरक्षित वातावरण आदि पर्दछन् ।हस्तमैथुन सामान्य भएपनि कसैले यसलाई समस्याकै रुपमा हेरेको पाइन्छ । पुरुष वा महिलाले आफनो यौन अङ्गलाई आफंै उत्तेजनामा ल्याएर यौनसन्तुष्टि लिनुलाई हस्तमैथुन भनिन्छ । यसमा पुरुषले हातले लिङ्गलाई उत्तेजित बनाएर वीर्य स्खलन गराई यौन सन्तुष्टि लिने गर्छन् भने महिलालेभने आप्mनो भङ्गाकुर खेलाई औंला योनीमा पसाएर वा लिङ्गजस्ता वस्तुको प्रयोग गरी यौन सन्तुष्टि लिने गरेको पाइन्छ । वास्तवमा उमेरपुगेपछि हस्तमैथुन गर्नु यौन सन्तुष्टिको उपयुक्त माध्यम हो । तर हस्तमैथुनले नपुंसक र कमजोर भइन्छ भन्ने भ्रम समाजमा छ । हस्तमैथुन धेरै हिसाबलेसकारात्मक मानिन्छ । यौन सन्तुष्टिको लागि वेश्यालय जाने वा असुरक्षित यौन सम्पर्क राख्नाले एचआइभि, यौनरोग, अनिच्छितगर्भधारण र यौन अपराध हुन्छ । त्यसैले एक हदसम्म हस्तमैथुनले मानसिक यौन विकृतिको निराकरण गर्न मद्दत पु¥याउँछ ।@Swasthyakhabar

0 comments
प्रतिक्रिया दिनुहोस्...