एजेन्सी । विश्वमा भएका हरेक देशमा भिन्न भिन्न
परम्परा रहेका छन् ।
तर, कुनैकुनै निकै अनौठा परम्परा छन् जून हाम्रो
समाजले कल्पना गरेको हुँदैन् । यस्तै परम्परा भारतको
हिमाञ्चल प्रदेशमा भेटिएको छ । हिमाञ्चलको
कित्रौर क्षेत्रमा एक युवतीको विवाह परिवार
सबै (साक्कै) भाइसँग एकसाथ हुनेगर्छ ।
यहाँका बासिन्दा यो प्रथालाई महाभारका
पाण्डवको अज्ञातवासँग जोड्छन् । यहाँ आजपनि
बहुपति विवाह गरिन्छ । उमेर पुगेका युवतीको
विवाह एकै परिवारका साक्कै भाईसँग एकसाथ
गरिन्छ । सबै एकै परिवारका साथ एकै घरमा बस्छन् ।
यदि कुनै महिलाका श्रीमानहरुमध्ये कुनै एक मृत्यु
भएमा महिलाहरु दुःख मान्दैनन् ।
विवाहपछि यहाँको संस्कार एउटा टोपीमा
निर्भर रहन्छ । कुनै परिवारमा पाँच भाई छन् ।
सबैको विवाह एकै महिलासँग भयो । यदि पाँच
भाईमध्ये कुनै एक श्रीमतीसँग कोठामा छन् भने उनी
ढोका बाहिर आफ्नो टोपी राख्छन् । भाईहरुमा
मान मर्यादा यति हुन्छ की जबसम्म टोपी ढोका
अगाडि राखिएको हुन्छ तब सम्म अर्काे भाई
कोठाभित्र जान सक्दैन् । यहाँका परिवारमा
महिलाहरु घरको मुखिया हुन्छन् ।
श्रीमती यौन सम्बन्ध राख्नुपरेमा पनि भाईहरु
पालो कुर्छन् । अध्याधिक चिसो हुने यो ठाउँमा
महिलाहरु अधिकांश समय घरमै बस्छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...