-->
रुस पुगेर मोदीले गरे भारतीय राष्ट्रगानको अपमान, भारतमा चर्काे विरोध (भिडियोसहित)

काठमाडौं, ९ पुस । हाल रुस भ्रमणमा रहेका
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै देशको
राष्ट्रगानको अपमान गरेका छन् ।
एक रूसी अधिकारीले मोदीलाई त्यो समय
अगाडि बढ्नबाट रोके जब उनी आफूलाई दिइएको
‘गार्ड अफ अनर’कै आधारमा अगाडि बढिरहेका
थिए, जबकि त्यो बेला भारतीय राष्ट्रगानको धुन
बजिरहेको थियो ।
प्रधानमन्त्री मोदी मस्कोमा पुगेपछि
विमास्थलमा रुसी सेनाले ‘गार्ड अफ अनर’ लिएको
थियो । उक्त समयमा भारतको राष्ट्रगान
‘जनगणमन’ बज्यो । तर, प्रधानमन्त्री मोदी हिड्न
लागे । यो देखेपछि रुसी अफिसरले मोदीलाई रोके
र अधिकारीले हात समातेर नै ताने । त्यसपछि
मोदी सावधान मुद्रामा उभिए ।
सामान्यतया राष्ट्रगान बज्दा सावधान मुद्रामा
उभिनुपर्ने चलन रहिआएको छ । यो घटनाले
मोदीलाई कुटनीतिक आचरणमा अनभिज्ञ
राष्ट्रप्रमुखका रुपमा टिप्पणी गरिएको छ ।
भारतमा उनको कडा अलोचना तथा विरोध
भएको छ । विशेषगरी प्रतिपक्षी दल भारतीय
कांग्रेसका नेताहरुले जमेरै मोदीको आलोचना गरेका
छन् ।
मोदी रूसका राष्ट्रपति भ्लादिमीर पुटिनसँग
सालाना शिखर वार्ताका लागि दुई दिने
भ्रमणका सिलसिलामा मस्को पुगेका हुन् ।
(एजेन्सीको सहयोगमा)


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.