एथेन्स- ग्रीकको संसदले त्यहाँका समलिङ्गीलाई पनि
कानुनी मान्यता दिएको समाचार छ । बुधबारको संसद
बैठकले सो कानुन पारित गरेको हो ।
ग्रीक संसदले समलिङ्गी विवाहलाई कानुनी मान्यता
दिएपछि युरोपेली देशहरुमा यो कानुन निर्माण गर्ने यो
अन्तिम देश बनेको पनि समाचारमा जनाइएको छ ।
विपक्षीहरुले विगत लामो समयदेखि यस्तो मान्याताका
लागि आवाज उठाउदै आएका थिए । उनीहरुले यस कानुनको
स्वागत गरेका छन् ।
यसअघि बेलायत, फ्रान्स, स्पेनसहित युरोपका कैयौं देशले पुरुष
समलिङ्गीको विवाह अधिकारको कानुन बनाइसकेका छन्
।
तर कतिपय दक्षिणी तथा पूर्वी युरोपेली देशहरुले भने यस
कानुन निर्माणका क्षेत्रमा भने निकै नै मन्द गतिमा प्रगति
गरिरहेका छन् ।
यस नयाँ कानुनले समलिङ्गीहरुले विवाह गरेपछि अपुताली,
उत्तराधिकारी र सम्पत्तिसम्बन्धी मुद्दाको सम्बोधन
गरेको भएपनि धर्मपुत्र धर्मपुत्री राख्न भने नपाउने व्यवस्था
गरेको छ ।
ग्रीक प्रधानमन्त्री अलेक्सिस् सिप्रासले भने – आज
मानवअधिकारका लागि यो सबैभन्दा महत्वपूर्ण दिन हो ।
यसअघि सन् २०१३ मा युरोपेली युनियनको
मानवअधिकारसम्बन्धी अदालतले ग्रीकको निकै आलोचना
गरेको थिए । यही कानुन बनाउन नसकेकोमा उसको विरोध
भएको थियो ।
ग्रीक संसदको २४९ सदस्य सङ्ख्या मध्ये १९३ जनाले त्यस
कानुनका पक्षमा मतदान गरेका थिए । ५६ जना सांसदले भने
विपक्षमा मतदान गरेका थिए ।
एम्नेष्टी इन्टरनेशनलले यस कानुनको स्वागत गरेको छ । रासस/
एएफपी

0 comments
प्रतिक्रिया दिनुहोस्...