पुस १७ | संजिब दाहाल
दोलखा– प्रधानमन्त्री केपी शर्मा
ओलीले दोलखाको लाकुरी डाँडास्थित
डाङडुङमा प्रस्तावित फिल्म सिटी
अन्यत्र सार्ने सरकारी प्रयासको
विरोधमा सदरमुकाम चरिकोटको
सातदोवाटोमा स्थानीयहरुले नागरिक
उड्डयन तथा पर्यटनमन्त्री आनन्द
पोखरेललाई कालोझण्डा देखाएका छन् ।
शुक्रबार जनताको संविधान जनताको
मागका लागि पयर्टनमन्त्री सदरमुकाम
चरिकोटमा कालोझण्डा देखाए हुन् ।
कालोझण्डा देखाउने क्रममा प्रहरी र
स्थानीय बिच केही समय तनाब भएको
थियो । ओलीले फिल्म सिटीलाई
अन्यत्र सार्ने अभिव्यक्तिको विषयमा
कुनै प्रतिक्रिया नदिएको भन्दै
पर्यटनमन्त्री हुँदा समेत यसको विरोध
नगरेकोे भन्दै आक्रोशित भएका हुन् ।
फिल्म सिटी बेच्न पाइदैँन्, वर्तमान
सरकार चाहिदैँन जस्ता नाराबाजी
गरेका थिए । प्रधामन्त्री केपी शर्मा
ओलीले दोलखाको लाकुरी डाँडास्थित
डाङडुङमा प्रस्तावित फिल्म सिटीलाई
अन्यत्र सार्ने अभिव्यक्ति दिएपछि
आन्दोलित दोलखाबासीले गृहजिल्लामै
मन्त्री पोखरेललाई कालोझण्डा देखाएर
नाराबाजी गरेका हुन् ।
बिहीबारमात्रै लाकुरी डाँडास्थित
स्थानीयवासीले प्रधानमन्त्री केपी
ओलीले फिल्म सिटी सार्ने अभिव्यक्ति
दिएपछि नेपाली कांग्रेस दोलखाको
अगुवाई आन्दोलित भएका हुन् ।
दोलखामा निर्माणको तयारी
भईरहेको फिल्म सिटिलाई प्रधानमन्त्री
केपी शर्मा ओलीले अन्यत्र सार्ने
अभिव्यक्ति दिएको भन्दै गत मंगलबार
चरिकोटमा उनको बिरोध गरेका थिए ।
दोलखाको लाँकुरीडाँडा गाविसस्थित
डाङडुङ्गे डाँडामा अन्तर्राष्ट्रिय
स्तरको फिल्म सिटी निर्माण गर्नका
लागि चलचित्र विकास बोर्डले
प्रक्रिया अघि बढाईसकेको बेला
प्रधानमन्त्री केपी शर्मा ओलीले गत
सोमबार बालुवाटारमा आयोजित एक
कार्यक्रममा दोलखामा फिल्म सिटी
बन्न नसक्ने दाबी गर्दै त्यसलाई
पश्चिमाञ्चाल क्षेत्रमा सार्ने
अभिव्यक्ति दिएका थिए ।
ओलीले दोलखामा टुङगो लागेको
आयोजनालाई विफल पार्ने षड्यन्त्र
गरेको आरोप लगाउँदै नेपाली कांग्रेस
दोलखाले मंगलबार चरिकोटमा उनको
पुत्ला दहन गरेका थिए । स्थानीय
प्रशासनले आन्दोलनलाई ध्यान दिँदै
व्यापक प्रहरी परिचालन गरेको छ ।रातोपाटीबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...