पुस १७, २०७२- देशमा तीन चार
महिनादेखि विद्यमान
संकटपूर्ण अवस्थाले मधेसीको हित नगरेको
र आन्दोलनले निकास पाउने संकेत पनि
नदेखिएको भन्दै उपप्रधानमन्त्री विजय
गच्छदारले बहुलट्ठीपूर्ण आन्दोलनको तुक
नभएको बताएका छन् ।
‘५० जनाभन्दा बढी सर्वसाधारण
मधेसबासीले ज्यान गुमाउनु परेको छ । अब
त्यस्तो बहुलट्ठीपूर्ण र निर्णयमा पुग्न
नसक्ने आन्दोलनको कुनै तुक छैन,’
सुनसरीस्थित आफ्नै निवासमा
सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने ।
सरकारमा सामेल हुनुअघि गच्छारको
पार्टी पनि आन्दोलनमा सहभागी
थियो ।
फोरम लोकतान्त्रिकका अध्यक्षसमेत
रहेका उनले मधेसी र पहाडी अतिवादी
चिन्तनको मिलन बिन्दू आफूले अघि
सारेको आठौं प्रदेश हुने पनि बताए ।
सप्तरी र सिरहा जिल्लाका केही भू–
भागलाई काटेर सुनसरी, मोरङ, झापा
तथा उदयपुर समेतको आठांै प्रदेश बनाउनु
पर्ने र त्यसले मधेसको अहिलेको समस्या
समेत हल हुने बताए ।
गच्छदारले कैलाली र कञ्चनपुरको
विषयमा रहेको विवादको मुद्दालाई
पनि त्यसैगरी मिलाएर लैजानु पर्दछ भन्ने
पक्षमा आफ्नो पार्टीको धारणा
रहेको सार्वजनिक गरे । उनले सबैले जीत–
जीतको सिद्धान्तमा आएर विद्यमान
बिषम परिस्थितिबाट मुलुकलाई
निकास दिनका लागि संवाद छलफल र
बार्तामा बस्नु बाहेक अर्को बिकल्प
नरहेको पनि बताए ।
अत्यन्त कठिन परिस्थितिमा बनेको
सरकार भएकाले तत्कालै यसले जनताले
अनुभव हुने किसिमको राहत दिन नसके
पनि शान्ति कायम गर्ने सवालमा काम
गरिरहेको बताए ।ekantipur बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...