-->
लोडसेडिङ हटाउने प्रधानमन्त्रीको एकवर्षे अवधिको गणना कहिलेदेखि ?


१७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले
१ सय ५ वर्षमा ७ सय मेगावाट बिजुली उत्पादन हुनु
‘निकम्मा इतिहास’ भएको टिप्पणी गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको
नवीकरणीय उर्जा प्रदर्शनीको उदघाटन गर्दैै
प्रधानमन्त्री केपी शर्मा ओलीले ८३ हजार मेगावाट
जलविद्युत उत्पादनको सम्भावना बोकेको मुलुकले
दिनको १७ घण्टासम्म लोडसेडिङ बेहोर्नुपर्ने अवस्था
लज्जाको विषय भएको उल्लेख गरे ।
एकवर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता
दोहोर्याउँदै प्रधानमन्त्रीले भने, ‘योभन्दा अघि
विद्युत उत्पादनमा कछुवाको गति जत्ति काम भएन,
कछुवाकै गतिमा काम भएको भएपनि अहिलेसम्म ५/१०
हजार मेगावाट बिजुली निस्किसक्थ्यो ।’
उनले आफूले एकवर्ष भित्र लोडसेडिङ हटाउँछु भन्दा
कतिपयले एकवर्षमै ‘कहाँबाट आउँछ ८ सय मेगावाट ?’
भन्दै पाखुरा सुर्किएको टिप्पणी गरे । उनले अहिले
संकटमा घाम, हावा, जिओथर्मल र फोहोरबाट
बिजुली निकाल्दैमा जलविद्युतको विकासमा कुनै
असर नपर्ने उल्लेख गरे ।
ओलीले एकवर्ष भित्र लोसेडिङ हटाउने बताउँदै गर्दा
दर्शकदीर्घामा बसेका केही सर्वसाधारणले
‘प्रधानमन्त्रीलेे एकवर्ष भन्न थालेको २ महिना पुग्न
लाग्योे, कहिलेदेखि एक वर्षको गणना सुरु हुने
होला ?’ भन्दै कानेखुसी गरेका थिए ।
प्रधानमन्त्रीले गत कात्तिक २९ गते देशबासीका
नाममा सम्बोधन गर्दै एक वर्षभित्र लोसेडिङ हटाउने
उदघोष गरेका थिए । ओलीले एकवर्षमा लोडसेडिङ
हटाउन प्रतिवद्धता शुक्रबार पनि गरेका छन् ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.