१७ पुस
काठमाडौं – विश्व चर्चित अल्ट्रा
म्याराथुन धाविका मिरा राईले आज
बिहान एमाओवादी अध्यक्ष प्रचण्डसँग
भेटी राज्यले आफूहरुको उचित सम्मान र
मुल्याङ्कन नगरेको गुनासो गरेकी छिन्
। एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्न
लाजिम्पाट पुग्नुभएकी राईले सो कुरा
बताएकी हुन् ।
अध्यक्ष प्रचण्डले जनयुद्धका
योद्धाहरुको साहस र वीरताको
इतिहासमा मिरा राईको नाम पनि
अंकित भएको बताएका थिए । उनले
राईले संसारलाई नै आश्चर्यचकित
पारेको भन्दै बधाई दिए । सो क्रममा
अध्यक्ष प्रचण्डले राईको अल्ट्रा
म्याराथुन यात्राको बारेमा
जिज्ञासा राखेका थिए ।
धाविका राईले जनमुक्ति सेनाबाट
बहिर्गमनमा परेर बिदेशीन तयार भएको
तर जनसेनाको प्रोत्साहनमा आफू
धाविका बनेको बताइन् । अध्यक्ष
प्रचण्डले खेलाडिहरुको राज्यले उचित
सम्मान गर्नुपर्ने बताउँदै यस विषयमा
सरकार र पार्टीमा आफूले छलफल गर्ने
प्रतिवद्धता व्यक्त गरिन् । राईले नेपाल
हिमाल र पाहाडहरुको देश भएकाले
अल्ट्रा म्याराथुनको प्रचुर सम्भावना
भएको बताइन् । उनले अल्ट्रा
म्याराथुनलाई प्रोत्साहन गर्नसके
देशमा राम्रो पर्यटन प्रवर्धन हुने बताइन्
। उक्त भेटमा नेपाली जनप्रगतिशील मंच,
स्पेनका अध्यक्ष गंगा भूसालले स्पेनमा
नेपालीहरुको स्थितिका बारेमा
अध्यक्ष प्रचण्डलाई जानकारी गराएका
थिए ।
गत असोजमा स्पेनमा सम्पन्न ‘सालोमन
प्रिनेउ अल्ट्रा दौडु मा नेपाली चेली
रार्इ विश्व उपविजेता बन्न सफल भएकी
थिइन् । संसारकै पाँच उत्कृष्ट
दौडमध्येको एक सय १० किलोमिटर
लामो ‘सालोमन प्रिनेउ अल्ट्रा दौड
मा उनले विश्वका चर्चित धावकलार्इ
पछि पार्दै विश्व उपविजेता बनेकी हुन्
।रातोपाटीबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...