-->
यौनकाण्डमा मुछिएका एमाओवादीका पोलिटव्यूरो सदस्यले प्रचण्डलाई छाडे

काठमाडौं, १७ पुस । एमाओवादीका पोलिट्व्यूरो
सदस्य हेमन्तप्रकाश ओलीले पार्टी परित्याग गरेको
घोषणा गर्नुभएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर नेता ओलीले
नवधनाढ्याको बहुमत भएकाले एमाओवादीमा
इमान्दार नेता कार्यकर्ता बस्नुको अर्थ नभएको
भन्दै पार्टी परित्याग गरेको बताउनुभएको हो ।
ओलीलाई यौनकाण्ड लागेपछि विवादमा आउनु
भएको थियो । उहाँका विषयमा केन्द्रीय
कार्यसमतिमा समेत कुरा उठेको थियो । आफूभन्दा
निकै कम उमेरकी युवतीलाई कान्छी बनाएपछि
ओलीको चर्को आलोचना भएको थियो ।
‘एमाओवादी नेतृत्व नवधनाढ्या वर्गमा परिणत
भइसकेको छ, अब त्यहाँ बसेर देश, जनता र समाजको
लागि सेवा गर्ने नसक्ने भएकाले मैले आजको
मितिबाट स्वतन्त्र भएको घोषणा गरेको छु’, नेता
ओलीले भन्नुभयो ।
प्रचण्डको पछिल्लो राजनीतिक दस्तावेजपछि
एमाओवादीसँग आफ्नो मोह भंग भएको बताउँदै नता
ओलीले अगाडि भन्नुभयो, ‘प्रचण्डजीको पछिल्लो
राजनीतिक दस्तावेजपछि अब पक्का भएको छ कि
प्रचण्ड जी काल्पनिक समाजवादी हुन् ।’
यो संविधानको कार्यन्वयन गरेर समाजवाद
ल्याउने प्रचण्डका कुरा कल्पनिक भएको उहाँले
बताउनुभयो । आफूलाई पार्टीभित्र कुरा राख्ने
मौका नै दिएको नेता ओलीले पत्रकार सम्मेलनमा
बताउनुभयो ।
उहाँले जनयुद्धले विकास गरेको विचारलाई प्रचण्डले
आफ्नो पैत्रिक सम्पति जस्तै विचारलाई एकपछि
अर्को गरी छोड्दै गएकाले माओवादी विघटनतिर
गएको बताउनुभयो । ‘प्रचण्डपथ, प्रचण्डका बाउको
हो र ? नारायणकाजीसँग बसेर खुसुक्कै छोड्ने’,
ओलीले पत्रकार सम्मेलनमा भन्नुभयो ।
एमाओवादीमा भ्रष्ट नेताहरुको आफूले पोल खोल्ने
बताउँदै उहाँले बोगटी र शेरचन आयोगको प्रतिवेदन
सार्वजनिक गर्ने बताउनुभयो ।
ओलीले वैद्या र विप्लवले अगाडि सारेका
कार्यदिशाको अध्ययन गरेर निर्णयमा पुग्ने
बताउनुभएको छ । दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.