१७ पुस, कलैया । नेपालमा तेस्रो अन्तराष्ट्रिय टोपी
दिवस शुक्रबार मनाउँदै गर्दा बाराको सदरमुकाम
कलैयामा भने धोती दिवस मनाइएको छ । पहाडी
समुदायका व्यक्तिले टोपी लगाएर टोपी दिवस
मनाए भने मधेसी समुदायका व्यक्तिले धोती, कुर्ता र
गम्छा लगाएर धोती दिवस मनाए ।
कलैयामा मधेसी समुदायका व्यक्तिहरुले धोती,
कुर्ता, गम्छा लगाएर नगर परिक्रमा गरेका थिए ।
उनीहरुले धोती दिवस जिन्दावाद, धोतीबीचको
एकता जिन्दावादलगायतका नारा लगाउँदै र्याली
निकालेका छन् ।
मधेसी समुदायको पहिचानका लागि ईस्वी सम्वत्
२०१६ जनवरी १ का दिन धोती दिवस मनाउने भन्दै
प्रथम धोती दिवस मनाएको र्यालीमा सहभागी
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं
पूर्वसभासद प्रमोदप्रसाद गुप्ताले बताए ।
र्यालीमा तराई मधेस लोकतान्त्रिक पार्टीका
केन्द्रीय सदस्यहरु श्यामप्रसाद गुप्ता, सत्येन्द्र ठाकुर,
नवलकिशोर सिंह, जिल्ला उपाध्यक्ष बिन्दा साह,
तराई मधेस सदभावना पार्टीका केन्द्रीय सदस्य रमेश
यादव, फोरम नेपालका जिल्ला अध्यक्ष
रामबाबुकुमार यादव, स्वतन्त्र मधेस गठबन्धनका बिनोद
सर्राफ, रामसपा बाराका अध्यक्ष रामबाबु साह,
उपाध्यक्ष महन्थ साह, फोरम नेपालका युवा नेता
शशी दास लगायतको सहभागिता थियो ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...