-->
दोलखामा पर्यटनमन्त्रीलाई कालो झण्डा

पुस १७, २०७२- संस्कृति पर्यटन
तथा नागरिक उड्ययन मन्त्री
आनन्दप्रसाद पोखरेल संविधानबारे
जानकारी गराउँन गृह जिल्ला आउदा
नेपाली काँग्रेस समर्थक कार्यकर्ताहरुले
अबरोध गरेका छन् ।
केहीदिन अघि एक कार्यक्रममा
दोलखामा निर्माण हुने भनिएको
चलचित्र नगरीका बारेमा प्रधानमन्त्री
केपी ओलीले बोलेको विषयलाई लिएर
काँग्रेस समर्थकहरुले चरिकोट
सातादोवाटो चोकमा कालो झण्डा
देखाएर अबरोध गरेका हुन् । मन्त्रीको
गाडी आउनेवित्तिकै अगाडि बढेका
कार्यकर्ताहरुले नाराबाजी समेत गरे ।
भीडलाई रोक्न प्रहरीले केहीबेर
शान्तिपूर्वक छेकबार लगाएको थियो ।
जनताको संविधान जनताको माझमा
कार्यक्रम उदघाटन गर्दै मन्त्री पोखरेलले
विश्वकै उत्कृष्ठा समावेशी संविधानबारे
सम्पूर्ण नागरिकले अध्ययन गर्नुपर्ने बताए ।
जिल्ला विकास समितिमार्फत यो
अभियान पुस २१ गतेसम्म गाउँगाउँमा
सञ्चालन गरिने छ । कार्यक्रममा
सभासदहरु पशुपति चौलागाईं र पार्वत
गुरुङले संविधानको महत्वबारे दर्साएका
थिए ।ekantipur बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.