-->
६ राज्यमन्त्रीले सपथ लिए, मन्त्रालय पनि तोकियो


१७ पुस, काठमाडौं । केपी ओली नेतृत्वको
मन्त्रिपरिषदमा ६ जना राज्यमन्त्रीहरु शुक्रबार
थपिएका छन् । थपिएका सबै एमालेका हुन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार ६ जना
राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ
ग्रहण गराउँदै मन्त्रालयको पनि जिम्मा दिएका छन् ।
दिनेशचन्द्र यादवलाई खानेपानी तथा सरसफाई
राज्यमन्त्री, दामोदर भण्डारी अर्थराज्यमन्त्री र
बलबहादुर महतलाई पर्यटनराज्यमन्त्रीको जिम्मेवारी
दिइएको छ ।
त्यसैगरी नरदेवी पुन पशु विकास राज्यमन्त्री, मञ्जु
चौधरीलाई सहरी विकास राज्यमन्त्री र
दीपनारायण साहलाई शान्ति राज्यमन्त्रीको
जिम्मेवारी दिइएको छ ।
उनीहरु यही पुस ९ गते नै राज्यमन्त्री नियुक्त भए पनि
पद तथा गोपनियता लिन पाएका थिएनन् ।
मन्त्रालयहरु फुटाएर जब्बो मन्त्रिपरिषद बनाएको र
आफूखुसी थप ६ जना राज्यमन्त्रीहरु थपेको भन्दै
ओलीको एमाले भित्रै आलोचना भैरहेको छ । सत्ता
साझेदार एमाओवादीले पनि प्रधानमन्त्री ओली
आफुखुसी चलेको भन्दै आलोचना गर्दै आएको छ ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.