कुलेश्वरको दाल गोदाममा
प्रहरीको छापा, २ जना
पक्राऊ
१७ पुस, काठमाडौं । महानगरीय प्रहरी परिसर
काठमाडौंको टोलीले कुलेश्वरस्थित धनलक्ष्मी दाल
मिलमा शुक्रबार छापा मारेर दुई जनालाई पक्राउ
गरेको छ । दाल तथा गुडागुडी स्टक राखेर महंगोमा
विक्री गरेको सूचनाको आधारमा परिसरले छापा
मारेको हो ।
गोदामबाट लुकाइराखेको अवस्थामा ४६ हजार ८ सय
किलो दाल तथा गुडागुडी बरामद भएको काठमाडौं
परिसरका एसपी विश्वराज पोखे्रलले जानकारी
दिए । कम्पनिका संचालक तेजकरण जैन फरार छन् ।
लेखापाल सशिकान्त अधिकारी र कर्मचारी रञ्जित
प्रसाद भने पक्राउ परेका छन् ।
एक सय ९५ रुपैयाँमा खरिद गरेको दाल तथा गेडागुडी
२८० रुपैंयामा विक्री गरेको भेटिएको एसपी पोखे्रलले
जानकारी दिए । पक्राउ परेका दुई जना सहित फरार
तेजकरणलाई पनि कालोबजारी अन्र्तगत मुद्दा
चलाउने एसपी पोखे्रलले बताए ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...