-->
शहरकै महिला बेचबिखनको जोखिममा !

१७ पुस, नेपालगन्ज । पछिल्लो समयमा ग्रामीण
क्षेत्रका भन्दा शहरी क्षत्रेका महिला तथा
बालिका बेचबिखनको उच्च जोखिममा रहेको
देखिएको छ ।
नेपालगन्जस्थित माईती नेपालको शाखाले सन् २०१५
मा बेचविखनको अवस्थाबारे गरेको अध्ययनले यस्तो
देखिएको हो ।
माईती नेपालको नेपालगन्ज शाखा प्रमुख केशव
कोइरालाले प्रविधिको सहज पहुँचका कारणले
पछिल्लो समयमा महिला तथा बालबालिका
बेचविखनको जोखिम बढेको बताए ।
संस्थाले सन् २०१५मा जोखिमपूर्ण यात्रामा रहेका ५
सय ६६ जना महिलाको सीमा क्षेत्रबाट उद्दार गरेर
परिवारकोे जिम्मा लगाएको छ ।
उद्दार गरिएकामा सबैभन्दा धेरै बाँकेका महिला
तथा बालबालिका छन् । एक वर्षको अवधिमा
बाँकेका ८१ जनालाई सीमाबाट उद्दार गरिएको
कोइरालाले बताए ।
यो अवधिमा दाङका ७६, सुर्खेतका ६८, सल्यानका
५९, बर्दियाका ५१, रुकुमका ४६, रोल्पाका ३६,
जाजरकोटका २८, प्युठानका ८, कैलालीका १२,
कालीकोटका ६, अछामका ५ र झापा र
तनँहुलगायतका अन्य जिल्लाबाट २१ जनाको उद्दार
गरिएको हो ।
पछिल्लो समय मध्यपश्चिमाञ्चलमा महिला तथा
बालिका हराउने क्रम पनि बढ्दोे छ । सन् २०१४ मा
खोजतलासका लागि माइती नेपालमा २ सय ६२
वटा उजुरी परेकोमा गतवर्ष यो सङ्ख्या ४ सय ६१
पुगेको छ ।
सन् २०१४ मा बेचबिखनका ५ वटा उजुरी परेकोमा यो
वर्ष ८ वटा उजुरी परेका छन् । प्रविधिको विकाससँगै
पछिल्लो समयमा वेचविखनमा पनि चुनौती थपिएको
कोइरालाले बताए ।
सामाजिक सञ्जालका माध्यमबाट पनि बेचविखनमा
पर्ने गरेको भेटिएको माइती नेपालले जनाएको छ ।
‘कतिपय दलाल र महिलाहरु फोन र फेसबुकबाटै
चिनजान भएर नजिकिएको पाइयो’- कोइरालाले
भने-‘ सामाजिक सञ्जालको बढ्दो दुरुपयोग पनि
वेचविखनको ठूलो कारक बनिरहेको छ ।’
यसैकारण अहिले शहरका पढेलेखेकै किशोरी तथा
महिलाहरु वेचविखनमा पर्ने गरेको संस्थाको ठहर छ ।
शहरी क्षेत्रमा मोबाइल र इन्टरनेटको सहज पहुँच
लगायतका कारणले बेचविखन बढिरहेको पाइएको छ ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.