काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका नेता डा
शेखर कोइरालाले विपि कोइरालाले प्रतिपादन
गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति अहिले
झन् सान्दर्भिक रहेको बताउनुभएको छ ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज
चितवनको शारदानगरमा लोकतान्त्रिक युवा
मञ्चले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर
तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा.
कोइरालाले शीर्षनेताहरूमा इच्छाशक्ति भए
मेलमिलापको बाटोमार्फत संकट समाधान गरेर
मुलुकलाई निकास दिन सकिने बताउनुभयो ।
डा.कोइरालाले कांग्रेसको १३औं महाधिवेशनतर्फ
लक्षित गर्दै दुरदराजमा बसेर काम गर्ने
कार्यकर्ताहरूलाई माया गर्ने, उनीहरूको
योगदानलाई कदर गर्ने र भागबण्डाको
राजनीतिको अन्त गर्न सक्षम व्यक्तिलाई छनौट
गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
भागबण्डाको राजनीतिले कांग्रेस अहिले
इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै उहाँले
कार्यकर्ताहरूको शिर निहुरिएको उल्लेख गर्नुभयो
। डा. कोइरालाले ६०–४० को भागबण्डा कुनै पनि
हालतमा तोडिनु पर्ने बताउनुभयो ।
अर्को सन्दर्भमा धारणा राख्दै कांग्रेस नेता
डा.कोइरालाले अंगिकृत नागरिकता पाएका
व्यक्ति राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,
सभामुख र प्रधानसेनापति बन्न नसक्ने बताउनुभयो ।
उहाँले नागरिकताका विषयमा अहिलेको
संविधान धेरै लचक रहेको पनि बताउनुभयो । दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...