-->
‘दुई राप्रपाबीच कार्यगत एकता’

भक्तपुर, १९ पुस । उपप्रधानमन्त्री एवम् राप्रपा
नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल र
राष्ट्रिय प्रजातन्त्र पार्टीबीच कार्यगत एकता
गर्दै जानुपर्ने बताउनुभएको छ ।
भक्तपुरको नगरकोट नगरपालिका–११ स्थित
राप्रपा भक्तपुरका अध्यक्ष स्व सुरेन्द्रप्रताप
शाहप्रति समवेदना प्रकट गर्न शाह निवास
पुग्नुभएका उहाँले शाहका छोरा एवम् राप्रपाका
केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहसँग दुई
पार्टीबीच कार्यगत एकतालाई अगाडि
बढाउनुपर्ने बताउनुभएको हो ।
अध्यक्ष थापाले राप्रपाको संस्थापनकालदेखि
पार्टीमा रहेर योगदान दिनुहुने शाहको निधनले
आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै शाहको
योगदानलाई उच्च मूल्याङ्कन गरी उहाँले देखाएको
बाटोलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष थापासँगै शाह निवास नगरकोट पुग्नुभएका
भूमिसुधार सहायक मन्त्री दिनेश श्रेष्ठले पार्टीका
वरिष्ठ नेता शाहको निधनले राप्रपालाई
अपुरणीय क्षति पुगेको बताउँदै समवेदना प्रकट
गर्नुभयो ।
राप्रपा नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष
राजीव पराजुली, केन्द्रीय सदस्य रामेश्वर
थापालगायतले शाहप्रति समवेदना प्रकट गर्नुभएको
थियो । दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.