-->
ओमानमा नयाँवर्षमा नेपालीको यस्तो धमाका

ओमान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय
परिषद ओमानको आयोजनामा शुक्रवार नयाँ बर्ष
धमाका भव्यरुपमा सम्पन्न भएको छ ।
राजधानी मस्कटको अलमासा हल, रुबीमा सम्पन्न
उक्त सांगितिक धमाकामा नेपालबाट गएका
चर्चित गायक हिमाल सागर, कलाकार शेरबहादुर
गुरुङ र नृत्यांगा पूणिमा श्रेष्ठले उपस्थित
दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।
अंग्रेजी नयाँ बर्षको शुभकामनासँगै शुरु भएको सो
सांगितिक कार्यक्रममा गायक हिमाल सागरले
आफ्ना चर्चित गीतहरुद्धारा दर्शकलाई मनोञ्जन
प्रदान गरेका थिए भने कलाकार शेरबहादुर
तामाङको हास्य नृत्य तथा प्रस्तुतीले
कार्यक्रममा थप रोचकता थपेको थियो ।
नृत्यांगना पूर्णिमा श्रेष्ठ नाच्दा उपस्थित दर्शकहरु
आफू पनि नाच्न हौसिएका देखिन्थे ।
भूकम्प पीडितहरुका लागि हजार घर निर्माण गर्ने
गैरआवासीय नेपाली संघको अभियानको
सहयोगार्थ एनआरएनए ओमानले आयोजना गरेको
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा
नेपालबाट नेपाल प्रहरीका अतिरिक्त प्रहरी
महानिरीक्षक विज्ञानराज शर्माले समेत
सहभागिता जनाएका थिए । कार्यक्रममा
ओमानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधी
तथा ओमानमा कार्यरत नेपालीहरुको सहभागिता
निकै उत्साहजनक थियो ।
‘नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै मुलुकको
विपत्तिमा केही सहयोग गर्ने हाम्रो प्रयास
उत्साहजनकरुपमा सम्पन्न भयो ।’ एनआरएनए
ओमानका अध्यक्ष दिपक श्रेष्ठले बताए । उनले
भने–‘एनआरएनएले शुरु गरेको हजार घर निर्माण
सहयोगमा ओमानमा रहेका नेपालीको प्रयास
हो, यो उत्साहले भोलिका दिनमा अझ केहि गर्ने
साहस थपिदिएको छ ।’ दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.