रुपन्देहीको देबदहमा बस दुर्घटना,
छ जनाको मृत्यु
काठमाडौं, १९ पुस । रुपन्देही जिल्लाको देबदहमा
यात्रु बाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ
। दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् ।
नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ६८४८ नम्बरको बस
शनिबार राति ९ बजे पल्टिँदा पाँच जनाको घटना
स्थलमा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु
भएको हो ।
मृत्यु हुनेमा बर्दिया ताराताल– ९ घर भएका २२
वर्षीया तारा शर्मा, कञ्चनपुरको महेन्द्रनगरका २२
वर्षीय प्रकाश शाही, बारा जिल्लाका २० वर्षीय
चुरक साह, रुपन्देहीका ३५ वर्षीय शान्ति दर्जी र ३५
वर्षीय जमुना बिक रहेका छन् । मृत्ताक एक जनाको
सनाखत हुन सकेको छैन ।
बस दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको
अवस्था गम्भर रहेको छ । उनीहरूलाई थप उपचारका
लागि चितवन लगिएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...