-->
आज साफ च्याम्पियनसिपको फाईनल, भारत र अफ्गानिस्तान भिड्दै


काठमाडौं, पुस १९ । भारतमा जारी एघारौं
साफ च्याम्पियनसिप फुटबलको फाईनल खेल
आज(आइतबार)हुँदैछ । केरलामा जारी
प्रतियोगिताको उपाधि भिडन्तमा
आयोजक भारत र साविक विजेता
अफ्गानिस्तान भिड्नेछन् ।
दुई वर्ष अगाडि काठमाडौंमा भएको साफ
च्याम्पियनसिपमा पहिलो पटक सहभागिता
जनाएको अफ्गानिस्तानले त्यतिबेला
फाईनलमा भारतलाई हराएर उपाधि
जितेको थियो ।
यो वर्ष अन्तिम पटक साफ च्याम्पियनसिप
खेलिरहेको अफ्गानिस्तान यस पटक पनि
पुरानै प्रतिद्धन्दी भारतलाई हराएर
प्रतियोगिताबाट सुखद विदा लिन चाहन्छ

अर्को वर्षदेखि अफ्गानिस्तानले एशियाली
फुटबल महासंघ ए.एफ.सी.को दक्षिण
एशीयाली समुह छोडी मध्य एशियाली
समुहबाट खेल्नेछ । उता भारत पनि यसपटक आफ्नै
भुमिमा अफ्गानिस्तानलाई हराएर अघिल्लो
पटकको हारको बदला लिन चाहन्छ ।
जारी प्रतियोगिताको सेमीफाइनलमा
श्रीलंकालाई हराँउदै अफ्गानिस्तान तथा
माल्दिभ्सलाई हराँउदै भारत फाईनलमा पुगेका
हुन् । फाईनल खेल आज वेलुकी पौने ७ वजे सुरु हुनेछ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.