-->
धरापमा परिणत हुँदै विद्युत सेवा


१९ पुस, संखुवासभा । विद्युत प्राधिकरणको
तापरबाहीका कारण संखुवासभामा प्रसारित
विद्युत सेवा मान्छेको ज्यान लिने धरापमा परिणत
हुन थालेको छ ।
प्राधिकरणले विद्युत प्रवाह हुने हाइटेन्सन लाइनलाई
जथाभावी टाँग्दा धेरै सर्वसाधारणको ज्यान
जोखिममा पर्दै गएको छ । नागरिक समाजका अगुवा
एवं संखुवासभाका अग्रज पत्रकार गंगा विष्टका
अनुसार प्राधिकरणले विद्युत सेवालाई व्यवस्थित
नबनाउँदा सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपर्ने
अवस्था आएको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
विष्टका अनुसार करेन्ट प्रवाह भइरहेका विद्युतका
नांगा तथा पोल अड्याउन राखिने सपोर्ट तार
हरियो रुखमा बाँधेर लाइन विस्तार गर्ने, थि्रफेज
लाइन विस्तार जथाभावी र असुरक्षित रुपमा गर्ने,
काठमा विद्युत पोल पूराना र मक्किएका हुँदा पनि
मर्मतसम्भारमा ध्यान नदिनेलगायतका लापरबाही
विद्युत प्राधिकरणले गरिरहेको छ ।onlinekhabar  बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.