-->
तरकारी फलाएर पाँच वर्षमा ३५ लाखको घडेरी


फुलबुट्टे चोलीमा
खोरमा बाख्रा, बारीमा तरकारी
नरमपन बोलीमा
यो गीत हो पर्वतको लुंखुदेउराली–७
का किसानको। कुनै समय गुन्द्रुकसमेत
किनेर खाने यहाँका किसानले अहिले
आफ्नै बारीमा लाखौँ रुपैयाँको
तरकारी उत्पादन गरी बेच्ने गरेका छन्।
जाँगर र मेहनत हुन् हो भने जस्तोसुकै
ठाउँमा पनि तरकारी खेती गरेर प्रशस्त
आम्दानी गर्न सकिँदोरहेछ भन्ने
उदाहरणसमेत बनेका छन् उनीहरु।
पाँच वर्ष अघिसम्म उक्त स्थानका
बासिन्दाले बजारबाट तरकारी किनेर
खाने गर्थे।कितपयको त हरियो
तरकारी र गोलभेडा खाने बानी नै
थिएन्। तर, अहिले उक्त गाउँबाट
वार्षिक झन्डै आधा करोड बराबरको
तरकारी निर्यात हुने गरेको छ।
विभिन्न संस्थाबाट तालिम लिएपछि
अहिले उनीहरु व्यवसायिक तरकारी
उत्पादन र बाख्रापालनमा लागेका
छन्।
हेफर इन्टरनेसनल नेपालको सहयोगमा
इन्प्रेड नेपालद्वारा सञ्चालित साना
किसान सबलीकरण परियोजनाले
आर्थिक तथा प्राविधिक सहयोग
गरेपछि उक्त गाउँका सबै कृषक
व्यवसायिक रुपमा बाख्रा पालन र
तरकारी खेतीमा लौका छन्। अहिले
एउटै घरबाट वार्षिक पाँच लाख
रुपैयाँसम्मको तरकारी बिक्री हुन्छ भने
बाख्रापालनबाट समेत उत्तिकै
आम्दानी हुने गरेको कृषकको भनाई छ।
सृर्जनशील स्वावलम्बन समूहमा आबद्ध २९
घरधुरीका महिला तथा पुरुष
व्यावसायिक कृषिमा लागेका हुन् ।
पाँच वर्षअघि हिउँदमा मरुभूमि जस्तै
देखिने उक्त गाउँ अहिले तरकारी
खेतीमा हराभरा छ । गाउँमा हरेक
परिवारले अहिले टनेलमा गोलभेंडा
खेती, काउली, बन्दा, रायो, केराउ,
मुला, खुर्सानी, लौका
भिन्डीलगायतका तरकारी
लगाइरहेका छन् ।
समूहमा आबद्द रमा अधिकारीले
तरकारी खेतीबाट ३५ लाखको
घरघडेरीसमेत किनिन् । आजको अन्नपूर्ण
पोस्ट दैनिकमा खबर छ ।Ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.