-->
महिला सभासद् नै राख्छन् पुरुष पिए


पुरुषले महिलालाई पछि पारेको
गुनासो गर्ने गरे पनि उनीहरु स्वयंमले भने
यसलाई वेवास्ता गरेको देखिएको छ ।
राष्ट्रपतिदेखि महिला सांसद्हरुले
महिला पिए नराखेर पुरुषलाई पिए
राखेका छन् ।
कुन दलका सांसदका कति पुरुष पिए ?
कांग्रेसका ५२ महिला सांसदमध्ये पुरुष
पिए राख्ने ४० र महिला पिए राख्ने
नौजना छन् । एमालेका ४५ महिला
सांसदमध्ये पुरुष पिए राख्ने ३३ र महिला
पिए राख्ने १२ जना छन् ।
एमाओवादीका २७ महिला सांसदमध्ये
पुरुष पिए राख्ने १८ र महिला पिए
राख्ने नौजना छन् । अन्य दलका ४९
महिला सांसदमध्ये पुरुष पिए राख्ने ३१ र
महिला पिए राख्ने १८ जना छन् ।
मनोनीत चार सांसदमध्ये पुरुष पिए
राख्ने दुई र महिला पिए राख्ने दुईजना
छन् ।
पुरुष पिए ‘सुरक्षित र भरपर्दो’
महिलालाई पुरुषसरह अधिकार दिनुपर्ने,
महिला र पुरुष बराबरीलगायतको
भाषण दिएर नथाक्ने अधिकांश महिला
नेतृले आफ्नो पिए पुरुष राख्ने गरेका छन् ।
महिलाले पिएको भूमिका पूरा गर्न
नसक्ने उनीहरूको तर्क छ । प्राय:
राजनीतिक दलका नेतृहरू पुरुष पिए
सुरक्षित र भरपर्दो हुने बताउँछन् ।
साँझ–बिहान बैठक हुने र महिला पिएले
सो काम गर्न नसक्ने भएकाले पुरुष पिए नै
राख्नुपरेको उनीहरूको भनाइ छ ।
राष्ट्रपतिदेखि सभामुख सबैका पिए
पुरुष राष्ट्रपति विद्यादेवी भण्डारी,
सभामुख ओनसरी घर्ती, एमाले
महासचिव ईश्वर पोखरेलपत्नी मीरा
पोखरेल ध्वजू, सांसद सुशीला नेपाल,
पूर्वउपप्रधानमन्त्री सुजाता
कोइराला, कांग्रेस पूर्वसचेतक कमला
पन्तदेखि आरजु राणा देउवाले पुरुष पिए
राखेका छन् । पुरुष पिए राख्ने महिला
सांसदहरू सुरक्षा र काममा सहजताका
कारण महिलालाई स्वकीय सचिव
नबनाएको जिकिर गर्छन् । दुवै बराबर
भएकाले पुरुषलाई पिए राखेको
उनीहरूको तर्क छ ।Ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.