-->
किन पड्किरहेछन् ट्रान्सफर्मर ?


काठमाडौं – भारतीय नाकाबन्दीले
इन्धन आपूर्तिमा समस्या भएपछि
खाना पकाउन इन्डक्सन चुलो,
हिटरलगायतका विद्युतीय उपकरणको
प्रयोगले विद्युत्को माग बढिरहेको छ ।
स्वीकृत क्षमताभन्दा बढी विद्युत्
प्रभावित भई क्षति पुग्न नदिन
सुरक्षाका लागि ट्रान्सफर्मरमा फ्युज
र एमसिबी राखिएको हुन्छ । लोड
बढी भएमा फ्युज र एमसिबी जल्नुपर्नेमा
ट्रान्सफर्मर नै पड्किएका छन् ।
खासमा फ्युज जलेमा मर्मत गर्न पटकपटक
जानुपर्ने झन्झटबाट मुक्ति पाउन बढी
क्षमताको तार राख्ने गरिएको छ ।
त्यसैले विनारोकटोक आएको लोडले
ट्रान्सफर्मर पड्किने गरेको प्राधिकरणकै
विज्ञहरूले बताएका छन् ।
प्राधिकरणका एक इलेक्ट्रिकल
इन्जिनियरले फ्युजको गुणस्तर र
रेटिङको प्राविधिक पक्षमा ध्यान
नदिएकाले ट्रान्सफर्मर पड्किरहेको
जानकारी दिए । ‘बढी करेन्ट प्रवाह
हुनेबित्तिकै फ्युज र एमसिबी जल्नुपर्नेमा
ट्रान्सफर्मर पड्किरहेका छन्,’ उनले भने,
‘ट्रान्सफर्मरको सुरक्षाका लागि फ्युज
र एमसिबी राखिएकोमा तिनीहरूको
सुरक्षाका लागि ट्रान्सफर्मर
राखिएजस्तो भइरहेको छ ।’आजको
नयाँ पत्रिका दैनिकमा खबर छ ।रातोपाटीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.