-->
यातायातका हाकिमले सोफामा फ्याँके १ लाख ८० हजार !

१६ पुस, काठमाडौं । सेवाग्रहीसँग घुस लिँदा-लिँदै
मीनभवनस्थित यातायात व्यवस्था विभागका
निर्देशक नवीनकुमार पोखरेल पक्राउ परेका छन् । घुस
लिनासाथ अख्तियारको फन्दामा परेपछि पोखरेलले
घुस लिएको १ लाख ८० हजार रुपैयाँ तत्कालै
मिल्काएका थिए ।
अख्तियार दुरुपयउोग अनुसन्धान आयोगको टोलीले
विहीबार निर्देशक पोखरेललाई १ लाख ८० हजार
रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको छ ।
विद्युतीय मोटरसाकइकल भित्राउने एभन साइकल
कम्पनीलाई भन्सार छुटका लागि सिफारिस
मागेबापत पोखरेलले घुस मागेका थिए ।
इलेक्ट्रिक सवारी भित्राउँदा दिइने छुटका लागि
यातायात व्यवस्था विभागले सम्बन्धित भन्सार
कार्यालयलाई सिफारिससहित अनुमति दिनुपर्ने
व्यवस्था छ । आयातकर्ता कम्पनीले सहजै पाउनुपर्ने
सुविधा दिन नमान्दै पाखरेलले घुस मागेका थिए ।
नेपालगञ्ज भन्सार हुँदै आयात गर्न लागिएको
विद्युतीय मोटरसाकइकलका लागि छुटको
सिफारिस गरेबापत पोखरेलले घुस लिएका हुन् ।
कुल ३६ वटा विद्युतीय मोटरसाइकल भित्राउनका
लागि अनुमति दिन पोखरेलले प्रतिमोटरसाइकल ५
हजार रुपैयाँका दरले घुस लिएका थिए । अख्तियारले
घुस मागेको पूर्वसूचनाका आधारमा पोखरेललाई
पक्राउ गरेको हो ।
अख्तियारको टोली पुगेको थाहा पाउनासाथ
निर्देशक पोखरेलले आफूले लिएको घुस रकम
कार्यालयको बाहिरपटि्ट राखिएको सोफामा
फ्याँकेका थिए ।
पोखरेलले त्यो रकम कसरी सोफामा आयो भन्नेबारे
अनभिज्ञता जनाए । उनले आफूले घुस नलिएको भन्दै
पटक-पटक आरोप इन्कार गरेका थिए ।
अख्तियारको टोलीले आयोगलाई असहयोग गरेमा थप
कारवाही भोग्नुपर्ने चेतावनी दिएपछि उनले बल्ल घुस
लिएको स्वीकारेका हुन् ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.