संविधान निर्माणमा कांग्रेसले दोहोरो भूमिका
खेलेको आरोप...
भैरहवा, २५ पुस । नेकपा एमालेका नेता तथा सांसद
लालबाबु यादवले नेपालको संविधान २०७२ मा
तराई मधेसका जनताको अधिकार सुनिश्चित रहेको
बताएका छन् ।
सांसद यादवले भनेका छन् ‘अहिलेको संविधानमा
मधेसीको अधिकार सुनिश्चित ढंगले प्रत्याभुत
गरिएको छ । कसले भन्छ यो संविधानमा मधेसी
अधिकार छैन भनेर म त भन्छु जसले संविधान पढेको छैन
त्यसैले भनिरहेको छ ।’
नेता यादवले मधेसको नाममा आन्दोलन गर्नेहरुले एक
पटक संविधान पढेमा आफै लज्जीत हुने पनि जनाउदै
भने ‘सबैले एक पटक संविधान पढ्नुस अनि मात्र अरु
कुरा गर्नुस् ।‘
मधेसी, मुश्लिम, थारु, पिछडा वर्ग सबैको
अधिकारको सुनिश्चिता अहिलेको संविधानले
गरेको छ । यसमा विवाद गर्नुको कुनै अर्थ नभएको
नेता यादबको भनाई थियो ।
त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्रका
प्राध्यापक समेत रहेका नेता यादवले मधेसमा
भावनात्मक रुपमा आन्दोलन चलेको जनाउदैं मधेसी
मोर्चाका नेताहरु अहिले यता न उताको भएको
जनाउदैं भने ‘उहांहरुले आन्दोलन शुरु गर्नुभयो । ५० औं
जनाको ज्यान समेत गयो, अब आन्दोलन नरोकौं त
राजनीति समाप्त हुन्छ, रोकौं त भावनामा बगेर
आएका आन्दोलनकारीले अफ्ठयारो पार्छन के गर्ने,
भनेर वार्ता सम्झौतामा आफूहरुको साख
बचाईदिन आग्रह गरिरहेका छन् ।’
नेपाली राजनीतिका विश्लेषक समेत रहेका यादवले
विश्वको कुनैपनि संविधान पूर्ण नहुने हुदां समय र
आवश्यक्ता अनुसार संशोधन हुँदै जाने भएता पनि
अहिलेको संविधान निर्माणमा कांग्रेसले
दोहोरो भूमिका खेलेको आरोप समेत लगाए ।
रौतहटबाट निर्वाचित सांसद यादवले अंगीकृत
नागरिकताधारी नागरिकलाई एक पुस्ता नपुगेसम्म
राज्यको माथिल्लो निकायमा पहुंच दिने
व्यवस्था गरियो भने राष्ट्र र राष्ट्रियता
धरापमा पर्ने पनि जिकिर गरे । उनले भने ‘ आज
आयो भोली नागरिकता लियो अनि पर्सी
स्टेटको हेड बन्यो भने के हुन्छ ? हामी सदियौंदेखी
बसेका नागरिक जहांको त्यहि हिजो पाहुना बनेर
आएको आज राज्य प्रमुख भयो भने त्यसलाई
राज्यप्रति ममता हुदैंन ।’
नेता यादवले तराई मधेसमा बस्ने सबै मधेसी भएको
जनाउदैं धोती भनेर कसैले भन्छ भने त्यसको कुनै जवाफ
दिनु जरुरी नभएको समेत जनाए । उनले भने ‘मधेस,
पहाड, हिमाल जो जहां बस्ने भएता पनि जन्मदेखी
मृत्यु सम्म त्यसले खास खास काममा धोती लगाउनै
पर्दछ । चाहे त्यो मधेसी होस् वा पहाडिया वा
हिमाली जन्मसंस्कार, मृत्युसंस्कार, विवाह संस्कार
जस्तो हरेक समयमा धोती सबैले लगाउने हुदां कसैले
धोती भन्यो भनेर रिस गर्नु, झगडा गर्नु बेतुक हो ।
जसले धोती भनेर जिस्काउंछ उसले आफैले आफुलाई
जिस्काईरहेको हुन्छ ।’
सांसद यादवले सीके राउतले अहिले देश विखण्डन गर्ने
जस्तो गलत काम गरेको दाबी गर्दै सिके राउतको
शिक्षा दिक्षामा नेपाल राष्ट्रले ठूलो लगानी
गरेता पनि उनी विखण्डनकारी भएर स्वदेश
फर्केकामा दुखः समेत व्यक्त गरे ।
उक्त कार्यक्रममा एमालेका नेता तथा सांसद
आदित्य नारायण कसौधन, एमाले केन्द्रिय
सदस्यद्वय लिला गिरी र फारुख अहमद सिद्धीकी,
एमाले जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठ, सचिव
तुलसी प्रसाद चौधरी लगायतले बोल्दै नेपालको
संविधान २०७२ ले मधेसी थारु, आदीबासी
जनजाति, मुश्लिम र पीछडा वर्गको अधिकार
सुनिश्चत भएको जनाएका थिए । कार्यशाला
गोष्ठीमा एमाले निकट थारु मधेसी मुश्लिम
संघसंगठनका प्रमुख तथा प्रतिनिधी सहभागी रहेका
थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...