-->
सुशीललाई गगनको सुझाव- नेतृत्व हस्तान्तरण गर्नुस्

काठमाडौँ, २५ पुस । नेपाली काँग्रेसमा दोस्रो
पुस्ताका नेताले युवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्न
सुझाएका छन् ।
नेपाल तरुण दलले आज यहाँ आयोजना गरेको ‘नीति,
नेतृत्व र नयाँ संविधान कार्यान्वयनमा तरुणको
भूमिका’ विषयको अन्तक्र्रियामा नेपाली
काँग्रेसका युवा नेता गगनकुमार थापाले काँग्रेसले
विजयलाई संस्थागत गरी जोगाउन नसकेकाले युवा
पुस्तालाई भावी नेतृत्व सुम्पन आग्रह गर्नुभयो ।
आसन्न १३औँ महाधिवेशनलाई लक्ष्य गरी आयोजना
गरिएको कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य
डा प्रकाशशरण महतले पारिवारिक विरासतबाट
पार्टीलाई माथि उठाउनु आजको आवश्यकता
रहेको बताउनुभयो ।
काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले
मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको
दिनलाई सम्झना गर्ने उद्देश्यबाट आयोजना
गरिएको सो अन्तक्र्रियामा अधिकांश वक्ताले
वर्तमान सभापति सुशील कोइराला, वरिष्ठ नेता
शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई नेतृत्वबाट
विश्राम लिन आग्रह गरेका थिए ।
तरुण दलका अध्यक्ष उदयशम्सेर राणा, नेता विनोद
कायस्थ, दामोदर लम्साल, मेधिनीप्रसाद
सिटौलालगायतले संविधानको संस्थागत गर्ने
जिम्वेवारी युवा पुस्ताले लिनुपर्ने बताउनुभयो ।
रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.