-->
नागरिकताका लागि निरन्तर खवरदारी चाहिन्छः अध्यक्ष घले


लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले
नयाँ संविधानले गैरआवासीय नेपालीहरुलाई
नागरिकता दिने ब्यबस्था गरेपनि कानुन नबन्दासम्म
त्यसको सुनिश्चितता नहुने बताउनुभएको छ ।
लण्डनमा पूर्व गोर्खाहरुसँगको अन्तरक्रियालाई
शनिवार सम्बोधन गर्दै अध्यक्ष घलेले संविधान
बमोजिम ऐन र नियमावली नबनेसम्म निरन्तर पहलकदमी
र खवरदारी जरुरी रहेको बताउनुभयो ।
‘संविधानमा जे ब्यबस्था भएको छ, त्यो एउटा स्टेप
मात्र हो, हामीले निरन्तरताकै लागि कोसिस गर्ने
हो’ अध्यक्ष घलेले भन्नुभयो-‘ नियमावलीहरु बनाउनै
बाँकी छ, त्यहाँ कस्ता जटिलता आउँछन् वा कस्तो
ब्याख्या हुन्छ त्यसले हाम्रो नागरिकताको
मागलाई कानुनीरुपमा सम्बोधन गर्ने हो । त्यसैले
हामी निरन्तर त्यसका लागि लागिरहेका छौं ।’
गैरआवासीय नेपाली नागरिकताकाका सम्बन्धमा
संविधानले पूर्व गोर्खाहरुलाई भेदभाव गरेको भन्ने
गोर्खा अगुवाहरुको गुनासो सुन्दै उहाँले त्यसबारे
विस्तृतमा अध्ययन गरेर गोर्खाहरुलाई परेको
समस्याबारे पहलकदमी लिने बताउनुभयो ।
‘सर्भिङ आर्मीमा भएको नेपाली नै हुनुपर्छ भन्ने जुन
कुरा छ त्यो परिभाषालाई विस्तृतमा अध्ययन गर्छौं
।’- अध्यक्ष घलेले भन्नुभयो-‘यहाँको चाहना र हाम्रो
चाहना एउटै हो, त्यो नबाझिनेगरी अगाडी
बढाउँछौं ।’
संवोधनका क्रममा अध्यक्ष घलेले गोर्खा समुदायको
खुलेर प्रसंसा गर्नुभयो ।
‘यहाँहरु आफ्नो गाउँ छाडेर, जिन्दगीभरी अर्काको
लागि लडेर पनि आज बिदेशी भूमीमा आफ्नै देशजस्तो
मानेर यो समाजमा योगदान दिइरहनुभएको छ’
अध्यक्ष घलेले भन्नुभयो-‘यो समाजमा उत्कृष्ट नागरिक
बनेर बिभिन्न क्षेत्रमा उपलब्धि गरिरहनुएको छ,
आफ्नो संस्कृति, सम्पदा र भाषालाई समेत संरक्षण
गरिरहनुभएको छ । यसका लागि म यहाँहरुलाई बधाइ
दिन चाहान्छु ।’onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.