गसिप बजारमा सलमानकी प्रेमिका भनेर चर्चा
पाएकी रोमानियाकी मोडल लुलिया वन्तुरलाई
उनको प्रेम भारी पर्ने छनक देखिएको छ । सलमान
खानको जन्मदिनमा लुलियाले देखाएको व्यवहारले
यी दुइको प्रेममा असर पर्ने संभावना बढेको छ ।
एक चर्चित अंग्रेजी वेभसाइटका अनुसार डिसेम्बर २७
मा जतिबेला सलमान जन्मदिन मनाउनमा व्यस्त थिए,
लुलिया पनि सहभागी थिइन् । वेभसाइटका अनुसार
सलमान र लुलियाको केही समय विवाद भएको
थियो । विवादको मुख्य कारण, लुलियाको केही
अतिथीसँग ज्यादा नजिकिदो व्यवहार थियो ।
लुलियाले केही अतिथीसँगै ओभरफ्रेन्डली व्यवहार
देखाएपछि सलमान आक्रोशित भएका हुन् । तर,
सलमानले आफ्नो आक्रोशपूर्ण व्यवहार लुलियालाई
देखाएनन् । नम्र स्वभावमा सलमानले आफ्नो असन्तुष्टी
लुलियासँग पोखेका थिए ।
सलमानकी प्रेमिका भनेर चर्चामा आएकी लुलिया
अथितीहरुसँग ज्यादा नजिकिएको यी चर्चित
नायकलाई मन नपरेको हुनसक्छ ।onlinekhabar बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...