बीबीसीमा भएको साइबर
आक्रमणको जिम्मा लियो
काठमाडौं । आफूलाई न्यू वल्र्ड हृयाकिङ बताउने
समूहले बिहीबार बीबीसी वेबसाइटमा भएको साइबर
आक्रमणको जिम्मा लिएको छ ।
बीबीसीका टेक्नोलोजी सम्वाददातालाई
ट्वीटरमार्फत पठाइएको बयानमा यो समूहले
जानीबुझी नै हृयाक गरेको बताएको छ ।
अमेरिकाको यो समूहले आफ्नो आक्रमणको उद्देश्य
आफ्नो क्षमताको जाँच गर्नु थियो । तर, बीबीसी
लामो समयसम्म बन्द गर्ने आफ्नो कुनै योजना नभएको
समेत उसले बताएको छ ।
यो समूहले आफ्नो साइबर आक्रमणको निशानामा
चरमपन्थी संगठन इस्लामिक स्टेट र उसको सहयोगी
साइट पनि भएको बताएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...