-->
पार्टी पुनर्निर्माणका लागि लाग्न प्रचण्डको निर्देशन


पुस १८
सुनसरी–एमाओवादी अध्यक्ष प्रचण्डले
एमाओवादी पार्टीलाई रुपान्तरणसहित
नयाँ बनाउन कार्यकर्तामा निर्देशन
दिएका छन् ।
सुनसरीको इटहरीमा १ नम्बर प्रदेशको
प्रदेश समिति बैठकलाई सम्बोधन गर्दै उनले
भने, ‘बैचारिक रुपमा स्पष्ट नभई क्रान्ति
अगाडि नबढ्ने भएकाले पार्टीलाई
पुनर्निर्माण गर्न यसपटकको केन्द्रीय
समिति बैठकले महत्वपूर्ण निर्णय गरेको छ
।’
उनले समाजवादी क्रान्ति पुरा गर्नको
निम्ति बैचारिक रुपमा कार्यकर्ता र
जनतालाई प्रशिक्षित पार्न र
अवसरवादको भण्डाफोर गर्न पार्टी
मुखपत्र प्रकाशित गर्ने निर्णय भएको पनि
बताए ।
सातौं केन्द्रीय समितिको आठौं पूर्ण
बैठकमा प्रस्तुत दस्तावेज आफैंप्रति निर्मम
भएर पेस भएको बताउँदै अध्यक्ष प्रचण्डले
पार्टीको मुख्य नेतृत्व संविधानसभा र
सडकमा भएका संघर्षबाट सच्चिएर
संविधान जारी गर्न सक्षम बनेको
धारणा राखे । उनले कार्यकर्तालाई
पनि रुपान्तरणसहित पार्टीलाई नयाँ
बनाउन निर्देशन दिए ।
क्रान्तिकारी पार्टी र नेतृत्व बारे
जनतामा भ्रम पार्न
प्रतिक्रियावादीहरु लागेको बताउँदै
अध्यक्षले त्यसको भण्डाफोर गर्न निर्देशन
गरे ।
पार्टीको आधिकारिक लाईन आम
जनता र कार्यकर्तामा पुर्याउनको
निम्ति मुखपत्र प्रकाशित गर्न
लागिएको उनको भनाई थियो ।
यसका लागि सम्पादक मण्डलले मुखपत्र
प्रकाशित गर्ने र स्कूलिङ विभागले
प्रशिक्षण गर्ने निर्णय भएको अध्यक्ष
प्रचण्डको भनाई थियो । उनले यसै
आधारमा बैचारिक रुपमा
क्रान्तिकारी पार्टी निर्माण गर्न
गईरहेको स्पष्ट पारे ।
पूँजीवादी जनवादी क्रान्ति नयाँ
जनवादी क्रान्ति नभएको बताउँदै
हेटौंडा महाधिवेशनमा पार्टीले
समाजवादी क्रान्तिको कार्यदिशा
पारित गरेको उनको भनाई थियो ।
अध्यक्ष प्रचण्डले संविधान घोषणासँगै
हामी पूँजीवादी
जनवादी क्रान्ति गरी वैधानिकरुपमा
समाजवादी क्रान्तिको चरणमा पुगेका
बताए ।
‘हामीले समाजवादी क्रान्तिको कुरा
गरेपछि एमालेले पनि समाजवादी
क्रान्तिको कुरा उठाएको तर हाम्रो
समाजवादी क्रान्ति वैज्ञानिक
समाजवादमा आधारित क्रान्ति हो,
अध्यक्ष प्रचण्डले भने । अबका ६÷८
महिनामा पार्टीलाई नयाँ ठाउँमा
पुर्याउने शक्ति आफूहरुसँग रहेको
अध्यक्षको धारणा थियो ।
आजबाट सुरु भएको १ नं. प्रदेशको प्रदेश
समितिको बैठकमा विगतका कोचिला,
लिम्बुवान र किरातका १४ जिल्लाका
जिल्ला अध्यक्षले पार्टीको
बस्तुगतस्थितिका बारेमा रिपोर्टिङ
गरेका थिए । रिपोर्टिङ जीवन्त र
उत्साहजनक रहेको थियो । १४
जिल्लाका पार्टी अध्यक्षको रिपोर्ट
पश्चात अध्यक्ष प्रचण्डले करिब २ घण्टा
कार्यकर्तामा सम्बोधन तथा निर्देशन
गर्नुभएको थियो ।
बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ
‘प्रकाश’, महासचिव कृष्णबहादुर महरा,
स्थायी समिति सदस्यहरु लोकेन्द्र विष्ट
मगर र गोपाल किराती, केन्द्रीय
कार्यालयका मुख्य सचिव प्रल्हाद
बुढाथोकी लगायत पार्टीका
पोलिट्व्यूरो र केन्द्रीय सदस्यहरुको पनि
उपस्थिति रहेको थियो ।
यही पुस ९ गते बसेको स्थायी समिति
बैठकले ७ प्रदेशमा बैठक प्रदेश समितिको
बैठक गर्ने निर्णय गरेको थियो । सोही
अनुसार १५ गते ३ नं प्रदेशको
काठमाडौंमा बैठक बसिसकेको छ भने आज
पुस १८ गते १ नं प्रदेशको इटहरीमाबैठक
भएको छ । त्यसैगरी पुस २० गते २ नं
प्रदेशको बर्दिवासमा, पुस २२ गते ४ नं
प्रदेशको पोखरामा, पुस २५ गते ५
नं.प्रदेशको दाङमा, पुस २८ गते ६ नं.
प्रदेशको सुर्खेतमा र पुस ३० गते ७ नं.
प्रदेशको धनगढीमा प्रदेशको बैठक बस्नेछ ।रातोपाटीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.