-->
भूकम्पपीडित परिवारलाई न्यानो कपडा किन्न रु तीन अर्ब बढी रकम वितरण


पुस १८
काठमाडौँ– सरकारले भूकम्प प्रभावित
२१ जिल्लाका तीन लाख दुई हजार २६६
परिवारलाई न्यानो कपडा किन्नका
लागि रु तीन अर्बभन्दा बढी रकम
वितरण गरेको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति
जारी गरी जिल्ला दैवी प्रकोप
उद्धार कोषबाट न्यानो कपडा
खरिदका लागि यही पुस १७ गतेसम्म
प्रतिपरिवार रु १० हजारका दरले रु तीन
अर्ब दुई करोड २६ लाख ६० हजार वितरण
गरिसकेको जनाएको हो ।
यसअघि सरकारले भूकम्पपीडितलाई
जाडोमा न्यानो लुगाका लागि
प्रतिपरिवार १० हजार दिने निर्णय
गरेको थियो । मन्त्रालयले हालसम्म
वितरण गरेको रकमकोे जिल्लागत
वितरण पठाउँदै हाल वितरण कार्य
जारी रहेको पनि जनाएको छ ।
उक्त विवरणअनुसार सोलुखुम्बुमा सात
करोड, ओखलढुङ्गामा १० करोड,
सिन्धुलीमा १८ करोड, सिन्धुलीमा १८
करोड, रामेछापमा ४८ करोड,
दोलखामा ६५ करोड,
सिन्धुपाल्चोकमा ७५ करोड,
काभ्रेपलाञ्चोकमा ५० करोड,
ललितपुरमा २७ करोड, भक्तपुरमा २०
करोड र काठमाडौँमा ४५ करोड रुपैयाँ
निकासा गरिएको छ ।
त्यसैगरी नुवाकोटमा ७२ करोड,
रसुवामा आठ करोड, धादिङमा ८०
करोड, मकवानपुरमा ६० करोड,
चितवनमा ५० करोड, गोरखामा ४०
करोड, लमजुङमा आठ करोड, तनहुँमा चार
करोड, स्याङ्जामा चार करोड,
पर्वतमा तीन करोड, गुल्मीमा दुई करोड,
पाल्पामा एक करोड १२ लाख र
बाग्लुङमा एक करोड रुपैयाँ निकासा
गरिएको विज्ञप्तिमा उल्लेख छ ।रातोपाटीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.