-->
दाँत सम्बन्धि १२ भ्रम, १२ सत्य

मुख हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो ।
हाम्रो शरीरको मुख्यद्वार पनि हो र हाम्रो
शरीरको सँधै फोहोर रहने अंगमध्येको एक पनि हो ।
यहाँ सामान्यतया जतिखेर पनि लाखौं किटाणु
रहिरहन्छन् । यी किटाणुलाई नर्मल फ्लोरा
भनिन्छ । यसले सामान्यतया हामीलाई केही
हानि गर्दैन । तर जब हाम्रो रोग प्रतिरोधात्मक
क्षमता घट्छ वा हामीले दाँत तथा जिब्रो सफा
नगरेको खण्डमा यी किटाणुको संख्या एकदमै बढेर
आउँछ र विभिन्न खतरनाक रोग लाग्न सक्छ । यी
किटाणु सजिलै हाम्रा मुख्य अंग मुटुदेखि
मिर्गाैलासम्म पुगेर विभिन्न खतरनाक रोग
निम्त्याउन सक्छन् । जस्तै: हृदयघात, मधुमेह, बच्चा
तुहिनेलगायत रोग ।
नेपाली जनमानसमा पाइने केही महत्वपूर्ण
अन्धविश्वास निम्न प्रकार छन्:
१) दाँतको उपचार एकदमै महँगो हुन्छ:
– दाँतको उपचार गराउनु एउटा महत्वपूर्ण लगानी
गर्नु हो । जसले हाम्रो शरीरलाई चाहिने पौष्टिक
तत्व प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ । खानेकुरा
चपाउनका लागि दाँत नभई नहुने अंग हो । यसको
उपचार गराउनाले दाँतको दुखाइबाट छुटकारा
पाउनुका साथै हृदयघात, मिर्गाैलाका रोग, मधुमेह,
मुखको दुर्गन्धवाट बचाउने अनि सुन्दरता बढाउने,
राम्रो नोकरी, राम्रो सम्बन्ध तथा खुसी प्रदान
गर्न मद्दत गर्छ । नेपालमा दाँत तथा मुखको उपचार
अमेरिका, अस्ट्रेलिया, इङ्ल्यान्डजस्ता देशमा
भन्दा एकदमै सस्तो छ ।
२) दाँतको उपचार गराउँदा हुन सक्ने डर
(डेन्टलफोबिया) :
– अहिले दन्तचिकित्सा क्षेत्र अत्यन्तै विकसित हुँदै
गएको छ । साधारणतया दाँतको उपचारमा दुखाई
नहोस् भनी लठ्याउने सुई (लोकल एनेस्थेसिया)
लगाइसकेपछि दुखाइको अनुभव हुँदैन । यतिमात्र
होइन कि आवश्यकता अनुसार चाहिएको खण्डमा
पूरै शरीर निदाउने (जनरल एनेस्थेसिया) अवस्था
बनाएर पनि केही सर्जरी गरिन्छ । अतः दाँतको
उपचार गराउँदा दुखाइ हुन सक्छ भनेर डराउनु हुँदैन ।
समयमै दन्तचिकित्सककहाँ गई उपचार गराई मुख तथा
दाँतको रोगबाट हुन सक्ने दुःख तथा समस्याबाट
बच्न सकिन्छ ।
३) दाँत दुखेपछि मात्र चिकित्सक कहाँ जाने:
– प्रायः मानिस दन्तसडन सुरु भइसकेको अवस्था
थाहा हुँदाहुँदै पनि दन्तचिकित्सककहाँ उपचारका
लागि जाँदैनन् । दाँत दुख्न थालेपछि मात्र समस्या
भएको बुझ्छन् । कतिपय त दुखाइ सहनै नसक्ने नभएसम्म
उपचारका लागि जाँदैनन् । बिरामीले समयमै
दन्तचिकित्सककहाँ गएर आफ्नो मुख तथा दाँतको
उपचार गराउनुपर्छ । समयमै उपचार गराउनाले
दाँतलाई दन्तसडनबाट बचाउन सकिन्छ तथा अरु मुख
तथा दाँतको रोगबाट हुन सक्ने समस्याबाट समयमै
जोगिन सकिन्छ । नियमित रुपमा कम्तीमा तीन,
तीन महिनाको अन्तरालमा दन्तचिकित्सककहाँ गई
आफ्नो मुख तथा दाँत जँचाउनु र दन्तचिकित्सकको
सल्लाह अनुसार दाँत सफा (स्केलिङ) गराउनु तथा
अरु उपचार गराउनुलाई उत्तम हो ।
४) दाँत फुकालेपछि आँखा कमजोर हुन्छ र दिमागमा
असर गर्छ:
– यो नेपाली जनमानसमा विद्यमान मुख्य
अन्धविश्वास हो । आँखा र दाँतलाई फरक फरक
नशाले हाम्रो मस्तिष्कसँग जोडेको हुन्छ । दाँत
फुकालेमा आँखा कमजोर हुन्छ भन्नु वा दिमागमा
असर गर्छ भन्नु एउटा भ्रम मात्र हो । अतः यो कुरा
सत्य होइन र डराउनु हुँदैन ।
५) दाँत दुखेका बेला फुकाल्नु हुँदैन:
– धेरै जसो मानिस दाँत दुखिरहेका बेलामा दाँत
निकाल्न नहुने भ्रम लिएर दुखाइ सहेर बस्छन् र दुखाइ
कम होस् भनेर पर्खिबस्छन् । दुखाइ कम भएपछि मात्र
दन्तचिकित्सककहाँ पुग्छन् । त्यसरी दुःख सहेर बस्नु
हुँदैन र जतिसक्दो चाँडो दन्तचिकित्सककहाँ जँचाउन
जानुपर्छ ।
६) दाँत सफा गराउँदा कमजोर हुन्छ, हल्लेर आउँछ
तथा सिरिंग हुने समस्या हुन्छ र दाँत फाटिन्छ:
– यो एउटा भ्रम मात्रै हो । दाँत सफा एउटा
अल्ट्रासोनिक मेसिनले गरिन्छ जसले कम्पनद्वारा
दाँतमा जमेर बसेका फोहोरलाई हटाउँछ । यो कुनै
धारिलोे मेसिन होइन, त्यसैले यसले दाँत खिइँदैन ।
मानिसले सिरिंग सिरिंग केही दिनका लागि
अनुभव गर्न सक्छ तर त्यो जमेको फोहर सफा भएपछि
फलस्वरुप दाँतको जराको भाग देखिन गएर भएको
हो । जुन कि त्यही फोहोरु जमेर गिजा तल–तल
जरातिर सर्नुको कारणले भएको हो । त्यो फोहोर
नै सफा भएपछि दाँतहरुबीच खाली–खाली
ठाउँको महसुस गरेर फाटेको जस्तो लाग्नु भ्रममात्र
हो । दाँत सफा गराउनाले कमजोर हुने वा हल्लिने
हुँदैन । दाँतमा जमेका फोहोर किटाणुको घर हो,
त्यो नियमित रुपमा तीनदेखि छ महिनाको
अन्तरालमा दन्त चिकित्सकको सल्लाहअनुसार
सफा गराइरहनुपर्छ । यसो गर्नाले दाँतलाई समातेर
राख्ने हाड तथा गिजा स्वस्थ रहन्छ र यसले मुखको
दुर्गन्धको समस्याबाट पनि छुटकारा पाउन
सकिन्छ ।
७) गुलियो खानेकुरा खायो भने मात्र दन्तसडन
हुन्छ:
– हामीले खाएको खानेकुरा जुन दाँतमा अड्किन्छ,
त्यसलाई किटाणुहरुले खाएपछि बनाएको अम्लले
गर्दा बिस्तारै दाँतको कडा भाग सड्ने हुन्छ ।
खानेकुरामा पाइने कार्बोहाइडे«ट र किटाणुको
अन्तरक्रियाले त्यो अम्ल उत्पादित हुन्छ । गुलियो
खानेकुरामा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ ।
अतः चकलेट र मिठाइजस्ता खानेकुराले दन्तसडनमा
बढी भूमिका खेल्छ तर अरु खानेकुरा पनि भात,
रोटी, आलु वा अरु तरकारीमा पनि
कार्बोहाइडे«ट पाइन्छ र यी खानेकुराले पनि
दन्तसडन गराउन भूमिका खेल्छ । अतः खाना
खाइसकेपछि दाँत माझ्नु अति जरुरी हुन्छ ।
८) दुधे दाँत अन्ततः झर्ने नै हो । त्यही भएर दुधे
दाँतको वास्ता गर्नु अनावश्यक हो:
– प्रायः आमाबुबा आफ्नो बच्चाको दन्त सड्न
हुँदाहुँदै पनि दाँत भर्न चाहँदैनन् । यो सोचेर कि यी
दुधे दाँत अन्ततः झरेर स्थायी दाँत त्यो ठाउँमा
आई नै हाल्छ । यदि दन्तसडन भएर केही गरी संक्रमण
भयो र सुन्निएर आयो वा दुख्यो भने त्यो दाँत
बचाउनुभन्दा पनि निकाल्ने पक्षमा देखिन्छन् । दन्त
चिकित्सकको सल्लाह अनुसार दुधे दाँत पनि
हाम्रो स्थायी दाँतजस्तै महत्वपूर्ण हुन्छ । ती दाँतले
बच्चालाई खान चपाउन मद्धत गर्छ र पछि आउने
स्थायी दाँतको ठाउँ निर्धारण गर्छ । अतः
स्थायी दाँत उम्रने समय नभएसम्म दुधे दाँत बचाउन
सके राम्रो हुन्छ । त्यो दाँत केही गरी समयभन्दा
पहिले नै झ¥यो भने पछि आउने स्थायी दाँत
समयभन्दा ढिलो आउने तथा नमिलेर आउने हुन्छ ।
जसले गर्दा दन्तसडन र गिजासम्बन्धी रोग लाग्ने
सम्भावना बढेर आउँछ र ती दाँत मिलाउन पछि
अर्थोड्रोन्टिक उपचार तथा सर्जिकल उपचार
गर्नुपर्ने हुँदा खर्च पनि निकै लाग्छ । अतः दुधे
दाँतको पनि महत्व बुझेर त्यसको हेरचाह र उपचार
गरी समयसम्म बँचाउन सके राम्रो हुन्छ ।
९) सबै दाँत झरेपछि मात्र दाँत हाल्ने:
– प्रायः मानिस एक–दुइटा दाँत झरेको खण्डमा
त्यहाँ दाँत नहालीकनै अरु दाँत पनि झर्ने बेलासम्म
पर्खिन्छन् । सबै दाँत एकैचोटि हाल्ने भनेर बस्छन् ।
यी भ्रम प्रायः जसो बुढापाका उमेरका
मानिसमा विद्यमान देखिन्छ । यदि हाम्रो
एउटा दाँत झरेर गयो भने पनि त्यो ठाउँमा नक्कली
दाँत हाल्न सकिन्छ र हाल्नुपर्छ । अचेल त दाँत रोप्ने
(इम्प्लान्ट) प्रविधिको विकाससँगै दाँत राख्न झनै
राम्रो भएको छ । समयमै दाँत हालेपछि हाड तथा
गिजा सुकेर जाने प्रक्रिया सुरु हुन्छ र हाडको
मात्रा राम्रो भएपछि लगाएको दाँत राम्ररी
अड्ने हुन्छ । दाँत झरेर खाली भएको ठाउँको
विपरीत जव्रामा रहेको दाँत माथि सर्ने तथा
छेउछाउको दाँत पनि सरेर खाली ठाउँतिर आउँछ ।
यसले गर्दा हाम्रो सामान्य रुपले दाँत जुड्ने
प्रक्रिया बिग्रिन्छ र फलतः टेम्पोरोमान्डिबुलर
जोर्नीेको समस्या हुन सक्ने खतरा हुन्छ । अतः
हाम्रो कुनै दाँत केही गरी झर्न गएको खण्डमा
सक्दो चाँडो त्यो ठाउँमा दाँत हाल्नुपर्छ ।
१०) दन्तसडन बच्चामा बढी सम्भावित रोग हो:
– बच्चाहरु जन्मजात रुपमा दन्तसडनको सम्भावित
हुने होइन । यो रोग बच्चामा अधिक मात्रामा
देखिनुको कारण हो कि उनीहरु आफ्नो दाँत
राम्ररी माझ्न सक्दैनन् । उनीहरुलाई हामीले
राम्ररी दाँत माझ्न सिकायौं र उनीहरुले राम्ररी
आफ्नो मुख तथा दाँत सफा राख्न सके भने यो रोग
धेरै हदसम्म रोकथाम गर्न सकिन्छ । बच्चाहरुलाई
घुमाउरो विधि (फोन्स मेथड) सिकाउन सजिलो
हुन्छ र उनीहरुका लागि सिक्न पनि सजिलो हुन्छ ।
अतः दन्तसडन बच्चादेखि बूढासम्म सम्भावना
बोकेको रोग हो र यसको सम्भावनालार्इृ मुख,
दाँत तथा जिब्रोको नियमित र प्रभावशाली
तरिकाले सफा गर्नाले घटाउन सकिन्छ ।
११) गिजाबाट रगत आयो भने दाँत माझ्नु हुँदैन:
– मानिसहरु गिजाबाट रगत आउन थालेपछि दाँत
माझ्नै बन्द गरिदिन्छन् । यो सोचेर कि रगत खेर
गइरहेको छ । तर त्यो सबै गिजाको संक्रमण भएर
सुन्निएर निम्त्याएको अवस्था हो । यो सबै
राम्ररी दाँत नमाझेर जमेका फोहोरमा रहेका
किटाणुको संक्रमणको उपज हो । यस्तो अवस्थामा
दाँत हल्का रुपले राम्ररी सवैतिर माभ्mनुपर्छ र
दन्तचिकित्सककहाँ गएर उपचार गराउनुपर्छ ।
१२. दन्तचिकित्सक दाँतसम्बन्धी मात्र हो:
– धेरैजसो मानिस दन्तचिकित्सक भन्नेबित्तिकै
दाँतसम्बन्धी मात्र बुझ्छन् । तर यो सही बुझाइ
होइन ।
दन्तचिकित्सकहरु दाँत मात्र नभई पूरा मुख, गिजा,
जिब्रो, अनुहार, तल्लो र माथिल्लो जव्रा
टेम्पोरोमान्डिबुलर जोर्नी, मुखको क्यान्सर, ओठ
तथा तालु काटेको वा खुडेको आदि सबैका
विशेषज्ञ हुन् ।
यी सबै अन्धविश्वासले गर्दा हामी सक्षम
उपचारबाट वञ्चित भइरहेका छौं । जनमानसलाई
यो भ्रमबाट निकाल्न सकियो भने दन्त उपचारमा
लाग्ने समय र खर्चलाई न्यूनीकरण गर्न सकिन्छ तथा
यसबाट मानिसहरुले भोग्नुपर्ने दुःख र समस्याबाट
बच्न सकिन्छ । दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.