-->
सुशील कोइराला कुनै हालतमा फेरि सभापति हुँदैनन्, अब काँग्रेसमा नेतृत्व फेरिन्छः महत


बागलुङ, १७ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य
डा प्रकाशशरण महतले आउँदो महाधिवेशनले
काँग्रेसको मूल नेतृत्व परिवर्तन गर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, बागलुङले शुक्रबार आयोजना
गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले पुरानै नेतृत्व
दोहोरिन नसक्ने धारणा राख्नुभयो ।
सुशील कोइराला पुनः सभापति हुने सम्भावना
नरहेको भन्दै उहाँले अर्को विकल्प आउनसक्ने संकेत
गर्नुभयो । ‘अहिलेकै सभापति फेरि सभापति हुने
कुरा आउँदैन’ नेता महतले भन्नुभयो ।
सहमति बन्ने अवस्थामा नेता शेर बहादुर देउवा र
वर्तमान उपसभापति रामचन्द्र पौडेल पनि
सभापति बन्ने सम्भावना जीवित रहेको नेता महतले
बताउनुभयो । नेता महतले प्रमुख प्रतिपक्षी दल
नेपाली काँग्रेस सरकार हटाउने अभियानमा
नलागेको प्रष्ट पार्नुभयो । ‘हामी अहिलेको
सरकार हटाउने अभियानमा छैनौं, बरु सरकार आफ्नै
गतिविधि र बोझले हट्ने सम्भावना म देख्छु’ नेता
महतले भन्नुभयो ।
उहाँले मुलुकको वर्तमान सङ्कट समाधानका लागि
सरकार गम्भीर नभएको आरोपसमेत लगाउनुभयो ।
वार्ता र सहमतिकै माध्यमबाट समस्याको हल
हुनेमा जोड दिदैँ नेता महतले ‘आन्दोलनरत मधेसी
मोर्चालाई सहमतिमा आउन आग्रह गर्नुभयो ।’
आपूर्तिमा भएको अवरोधका कारण इन्धनलगायत
दैनिक उपभोग्य वस्तुमा देखिएको चरम मूल्यवृद्धि र
कालोबजारी रोक्न सरकारले कडाइ गर्नुपर्ने
उहाँको भनाइ थियो ।दैनिक नेपाल डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.