चीन होस् वा भारत, धम्क्याउनका लागि दुईवटै कार्ड
चल्दैनन्
२४ पुस, नयाँदिल्ली । उपचारका लागि दिल्लीमा
रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले
आफूहरुले राख्दै आएको प्रदेशको माग पूरा भए मधेसमा
अलग देशको माग गर्नेहरुको मुख बन्द हुने बताएका छन् ।
अध्यक्ष महतोले प्रधानमन्त्री केपी ओलीले गर्न
लागेको भारत भ्रमणलाई स्वाभाविक भन्दै सो भ्रमण
देशमा शान्ति ल्याउनका लागि हुनुपर्ने बताए ।
मेदान्त अस्पतालबाट डिस्चार्ज भएर थप चेकअप लागि
डाक्टरको सल्लाहअनुसार एक साताका लागि
दिल्लीमा रहेकाका महतोसँग गरिएको संक्षिप्त
कुराकानी :
बिराटनगर नाकामा प्रहरीको लाठी चार्जबाट
तपाई घाइते हुनुभयो । किन यस्तो भयो जस्तो लाग्छ ?
यो दमनको नीति हो । शान्तिपूर्ण आन्दोलनमाथि
सरकारले दमन गर्दै आएको छ । र, दमनको पराकाष्टा
नेतृत्वमाथि पनि दमन गरिएको छ । सरकारले दमनबाट
समस्या समाधान गर्ने नीति लिएको छ । तर, यो
नीतिले नेपाल र मधेसको समस्या समाधान हुँदैन ।
आन्दोलन सुरु भएयता ५० भन्दा बढीको मृत्यु भइसक्यो ।
अब मानिसहरुको ज्यान जानबाट रोक्नकै लागि पनि
आन्दोलन केही कम गर्नुपर्दैन ?
हाम्रो आन्दोलन शान्तिपूर्ण हो र अधिकार
नपाएसम्म गर्छौं । तर, शान्तिपूर्ण आन्दोलनमाथि
सरकारले गोली चलाएको छ । टाउकोमा गोली
हानिएको छ । सरकार सचेत रहोस् कि दमनबाट मधेस
समस्या समाधान हुँदैन ।
सरकारले भनेको छ कि संविधान संशोधन गर्छौं । र,
बाँकी वार्ताबाट समाधान खोज्छौं । तपाईलाई
लाग्दैन कि यो तपाईहरुले मान्नुपर्छ र आन्दोलन
रोक्नुपर्छ ?
सरकारले ल्याएको संशोधनले मधेसको मागलाई
सम्बोधन गर्दैन । र, यो हाम्रो सहमतिमा आएको पनि
होइन । तीन दलले आफ्नै हिसावले ल्याएका हुन् ।
आजको दिनमा पनि हामीसँग सहमति भएको छैन । यो
विधेयक पास गर्दैमा मधेसको समस्या समाधान हुँदैन ।
तपाई भारतबाट कस्तो भूमिका चाहनुहुन्छ ?
भारतले सुरुबाटै भन्दै आएको छ कि शान्ति, स्थिरता र
विकास हाम्रो एजेण्डा हो । नेपालको धर्ती मधेस
भारतसँगको खुला सीमा जोडिएको छ । त्यो
धर्तीमा शान्ति र स्थिरता छैन र जनता अधिकारका
लागि लडिरहेका छन् । ५ महिनादेखि लडिरहेको छ र
सरकार हिंसामा उत्रिएको छ ।
यदि शान्तिपूर्ण आन्दोलनबाट समस्या समाधान हुँदैन
भने हिंसामा जान चाहनेहरुलाई बल पुग्छ । प्रदेश पनि
पाएनन् भने विखण्डनकारीहरुले बल पाउँछन् । र, यसले
शान्ति र स्थिरतामा खलल पुग्छ । यसैले म यो
भनिरहेको छु कि भारतले नेपालमा शान्ति, स्थिरता
र विकास आफ्नो एजेण्डा भनेको छ ।
नेपाल भनेको काठमाडौं मात्र होइन, मधेस पनि हो ।
र, भारतसँग सीमा पनि जोडिएको छ । यसैले शान्ति,
स्थिरताका लागि मधेसको समस्या समाधान हुनुपर्छ र
त्यसका लागि भारतले पनि अधिकतम दबाव दिनुपर्छ ।
हत्या हिंसा गर्दैमा र नेताहरुमाथि आक्रमण गरेर
समस्या समाधान हुन सक्दैन ।
यदि तपाईहरुको माग पूरा हुने हो भने मधेसमा के
परिर्वतन हुन्छ ?
नेपालमा राजनीतिक स्थिरता चाहिएको छ र यो
त्यसबेला मात्र सम्भव छ, मधेसी, थारु,
आदिवासीलगायतका उत्पीडित समुदायले समस्याको
सम्बोधन हुन्छ । जब यो सेटलमेन्ट हुन्छ, हाम्रो देश
आर्थिक एजेण्डामा प्रवेश गर्छ ।
नेपालमा प्रकृतिले सबै दिएको छ । पानी, जंगल,
हिमाल, पहाड सबै दिएको छ । नेपाल सानो देश भए
पनि विश्वको सम्पन्न देश बन्न सक्छ । तर, यसका लागि
एक सर्त छ कि राजनीतिक सेटलमेन्ट होस् ।
राजनीतिक सेटलमेन्टको अर्थ यहाँका जनताले
अधिकार पाउन्, विभेद समाप्त होस् । यसैमा नेपाल र
हामी सबै नेपालीको कल्याण छ ।
केही मानिस स्वतन्त्र मधेसको कुरा गरिरहेका छन् । र,
केही पक्राउ परेको खबर पनि आएको छ । तपाईहरु
त्यसको समर्थन गर्नुहुुन्छ ?
हामी त मधेस प्रदेशको कुरा गर्छौं । नेपालको
सार्वभौमसत्ताभित्र अधिकार सम्पन्न प्रदेशको कुरा
गरेका छौं । जुन हामीले पाएका छौं । राष्ट्रिय
एकता र अखण्डतालाई कायम राख्दै संघीयताको कुरा
गरेका हौं । हामीले कहिल्यै पनि अलग देशको कुरा
गरेका छैनौं । अलग देश हाम्रो एजेण्डा पनि होइन ।
तर, यदि हामीले शान्तिपूर्ण बाटोबाट प्रदेश पनि
दिन सकेनौं भने हिंसात्मक बाटो लिनेहरुलाई बल पुग्छ ।
अलग देश माग गर्नेहरुले पनि स्पेस पाउँछन् । धेरै स्पेस
पाउँछन् । त्यसैले प्रदेशको माग सम्बोधन गरौं, यसमा
सबैको हित छ । र, अलग देश माग्नेहरुको मुख बन्द हुन्छ ।
नेपालले चीनसँग पनि हात अघि बढाएको छ । के यो
सफल हुन्छ ? तपाईले कसरी हेर्नु भएको छ ?
नेपालले छिमेकीहरुसँग राम्रो सम्वन्ध राख्नुपर्छ । भारत
र चीन दुबै छिमेकी हो र दुबैसँग राम्रो सम्वन्ध राख्नु
नेपालका लागि आवश्यक छ । तर, कसैलाई धम्क्काउन कुनै
कार्ड प्रयोग गर्नु गलत हो । नेपालमा कहिलेकाँहि
चाइना कार्ड भारतलाई धम्क्याउन प्रयोग हुन्छ । यो
गलत हो । यो सम्भव छैन । र, कसैले कुनै कार्ड प्रयोग गरेर
कसैलाई धम्क्याउन सक्दैन । यसले नेपालको हित हुँदैन ।
मलाई लाग्दैन कि भारत वा चीन होस्, कसैले पनि
यस्तो कार्ड प्रयोग गर्न दिन्छ । र, यसलाई कसैले मान्छ
।
प्रधानमन्त्री केपी ओली भारत आउँदै हुनुहन्छ । कसरी
हेर्नुहुन्छ ?
दुई देशका सरकारका प्रमुखहरुको भ्रमण भइरहन्छ ।
हामीले यसलाई सामान्य रुपमा लिन्छौं । तर, ओली
जब यहाँ आउनुहुन्छ, नेपालमा शान्ति र स्थिरता
बनाएको सन्देश लिएर न आउनुपर्छ । अशान्ति लिएर
दिल्ली लिएर आउनुहोस्, कमसेकम मेरो यस्तो चाहना
छैन ।
(भारतीय समाचार एजेन्सी एएनआईको सहयोगमा
दिल्लीमा गरिएको कुराकानी)

0 comments
प्रतिक्रिया दिनुहोस्...