-->
रमेश शिलवालको नेतृत्वमा क्रिकेट संघको तदर्थ समिति गठन


२४ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले
रमेश शिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ क्यानको
१५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
विवादका बीच सम्पन्न भएको क्यानको
साधारणसभालाई मान्यता नदिएको राखेपले
शुक्रबार तदर्थ समिथि बनाएको हो । तदर्थ
समितिको महासचिवमा पवन अग्रवाल छन् ।
अध्यक्ष बनेका शिलवाल एमालेसम्बद्ध मदन भण्डारी
स्पोट्स एकेडेमीका अध्यक्ष एवं गोल्डेन गेट कलेजका
सञ्चालक समेत हुन् ।
राखेपले यसअघि २०७१ कात्तिक २० गते विनयराज
पाण्डेको नेतृत्वमा तदर्थ समिति बनाउँदा पनि
शिलवाल महासचिव थिए । तर, सर्वोच्च अदालतले
मान्यता नदिएपछि यो समिति सक्रिय नै हुन पाएन ।
तत्कालीन अध्यक्ष टंक आङबुहाङ सहितको समूहले
बहिस्कार गरेको साधारण सभाले चतुरबहादुर चन्दको
अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको थियो । तर, राखेपले
यसलाई मान्यता नदिएर क्रिकेट संघको सम्पूर्ण
अधिकार कार्यकारी अधिकृत भावना घिमिरेलाई
दिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.