वीरगञ्ज, २३ माघ । तराईमा आन्दोलनरत मधेसी
मोर्चाका शीर्ष नेताहरुको वीरगञ्जमा पुत्ला
जलाइएको छ ।
मधेस आन्दोलनकै प्रमुख केन्द्र वीरगञ्जमा शनिबार
आक्रोशित मधेसका जनताले पुत्ला जलाएका हुन् ।
उनीहरुले चारै नेतालाई ‘गद्दार’ भनेका छन् ।
मधेसी जनताको टुट्टै संगठन मधेश आन्दोलन संघर्ष
समितिको अगुवाईमा संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश
लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र
तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र
राय यादवको पुतला जलाइएको हो ।
उनीहरुले मधेश आन्दोलन तुहाएको आरोपमा
मोर्चाका शीर्ष नेताहरुको पुत्ला जलाएका हुन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली
कांग्रेसका सभापति सुशील कोइराला र
एमाओवादी अध्यक्ष प्रचण्डको पनि पुत्ला
जलाएका छन् ।
यसअघि मधेश आन्दोलन संघर्ष समितिले सिर्सिया
सुख्खा बन्दरगाहबाट निकालेको रयाली
घण्टाघरमा पुगी कोण सभामा परिणत भएको
थियो ।
सभालाई मधेशी जनअधिकार फोरम मधेशका अध्यक्ष
भाग्यनाथ गुप्ताले सम्बोधन गर्दै उचाईमा पुगेको
मधेश आन्दोलनलाई मोर्चाका गद्दारहरुले षडयन्त्र
पूर्वक तुहाउन प्रयासमा जुटेको आरोप लगाए । उनले
आम मधेशी जनतालाई सचेत हुन आग्रह गरे ।

0 comments
प्रतिक्रिया दिनुहोस्...