महेन्द्रनगर (धनुषा), २३ । धनुषाको दुई छुट्टाछुट्टै
स्थानमा नेपाली काँग्रेसका नेतामाथि गोली
प्रहार गरिएको छ ।
अज्ञात समूहले प्रहार गरेको गोली लागि कांग्रेस
एक मधेसी नेताको मृत्यु भएको छ भने दुई जना घाइते
भएका छन् ।
धनुषाको बालाबाखर गाविस–४ का नेपाली
काँग्रेस धनुषा १ नम्बर क्षेत्रका क्षेत्रीय
प्रतिनिधि ४५ वर्षीय राजेन्द्रप्रसाद यादवलाई
गएराति अज्ञात समूहले गोली प्रहार गरी हत्या
गरेको प्रहरीले जनाएको छ ।
बालाबाखर गाविस–४ स्थित काँग्रेसका
समानुपातिक सांसद मुक्ता यादवको भतिजीको
विवाहमा सहभागी हुन आएका यादवलाई घर फर्कने
क्रममा बाटोमै गोली प्रहार गरिएकोे जिल्ला
प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नकुल
पोखरेलले बताउनुभएको छ ।
त्यसैगरी आज बिहान धनुषाको चारनाथ
नगरपालिका वीरेन्द्रनगर बजारमा स्थानीय
काँग्रेस कार्यकर्ता नसिब राइन र वीरेन्द्र
चौधरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको
प्रहरीले जनाएको छ ।
मोटरसाइकल चढी आएका दुईजनाले नसिब राइन र
वीरेन्द्रकुमार चौधरीमाथि गोली प्रहार गरेका
थिए । राइनको पिठ्युँमा दुईवटा र चौधरीको
खुट्टामा एउटा गोली लागेको छ । जनकपुर अञ्चल
अस्पतालमा उपचार सम्भव नभएपछि राइनलाई
हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँै
लगिएको छ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...