-->
अनन्तको गोलमा बंगलादेशविरुद्ध नेपाललाई अग्रता


काठमाडौं: भारतको गुहावाटीमा जारी १२ औं
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)
अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपाली युवा फुटबल
टोलीले शुरुवातमै अग्रता लिएको छ ।
समूह चरणको दोस्रो खेलमा नेपाली फुटबल टिमका
लागि खेलको तेस्रो मिनेटमै अनन्त तामाङले गोल गर्दै
अग्रता दिलाउन सफल भएका हुन् ।
नेपालका लागि जगजीत श्रेष्ठले दिएको कर्णरलाई
सदुपयोग गर्दै अनन्तले हेडमार्फत गोल गरी नेपाललाई
शुरुमै अग्रता दिलाउन सफल भएका हुन् ।
साग अन्तर्गत समूह चरणको पहिलो खेलमा नवयुग श्रेष्ठले
ह्याट्रिक गरेपछि भुटानलाई ५-० ले पाखा लगाएको
नेपाल सेमिफाइलनमा पुगिसकेको छ ।
आजको खेलमा नेपालका प्रमुख स्ट्राईकर बिमल घर्तीले
भने चोटका कारण बंगलादेशविरुद्ध मैदानमा छैनन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.