काठमाडौं : नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सांसद डा. अमरेशकुमार सिंहले शेरबहादुर देउवाको समूहलाई सहयोग गर्ने बताएका छन्।
महाधिवेशनमा केन्द्रीय सदस्यमा पनि उम्मेदवारी नदिएका उनले पहिलोपोस्टसँगको कुराकानीमा शेरबहादुर देउवा समूहका सिंगो टिमलाई नै सहयोग गर्ने बताए। 'म शेरबहादुर दाइलाई सहयोग गर्दैछु। पुरै टिमलाई नै सहयोग गर्ने हो' उनले भने 'क्याम्पेन गर्दै हिँडेको छु।'
सिंले पहिले आफु पनि केन्द्रीय सदस्यमा उठ्ने तयारी भएपनि अन्तिममा नउठेको बताए। आफु नउठेपनि शेरबहादुर देउवा प्यानलका सबैलाई सहयोग गर्ने उनले स्पष्ट पारे। सिंह २०७० सालमा भएको संविधानसभा निर्वाचनमा सर्लाही ६ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।
२०६२/६३ को जनआन्दोलन सफल भएपछि तत्कालिन विद्रोही नेकपा माओवादीका प्रतिनिधिहरु समेत सहभागी गराएर बनाइएको अन्तरिम संसदमा पहिलोपटक कांग्रेसबाट सहभागी भएका सिंह त्यसपछि नेपालको राजनीतिमा सक्रिय छन्।

0 comments
प्रतिक्रिया दिनुहोस्...