-->
मन्त्रालयमै प्रचण्डका छोरी-ज्वाइँले यो के गरे ?

काठमाडौं । अहिलेका मन्त्री तथा खासगरी आपूर्ति मन्त्री गणेशमान पुनको रवैयाले सिङगो एमाओवादीलाई वदनाम गरेको भन्दै  एमाओवादिका तार्किक नेता राम कार्कीले चिन्ता जाहेर गर्ने गरेको खबर छ ।
रुकुम रोल्पाको ह्याङओभर नहट्दासम्म माओवादी सुदृढ नहुने भन्दै यो संकटको बेलामा पनि सक्षमभन्दा पनि भेगीय /समावेशी मन्त्री बनाउदा पार्टीलाई नै नकारात्मक असर परेको प्रचन्डलाई समेत भनेको काकाीृको भनाइलाइ उद्गृत गर्दै बिराटनगरका एक माओवादी कार्यकर्ताले बताए । ग
णेशमान पुनलाई मन्त्रीबाट फिर्ता बोलाएर क्षमताशाली र अन्तराष्ट्रिय सम्वन्ध राम्रो रहेका कार्कीलाई तत्काल त्यस ठाउमा पठाउन चौतर्फी दबाब आएको छ । प्रचण्डले छोरी जुवाइँ अर्जुन पाठकलाई मन्त्री पुनका स्वकिय सचिव बनाएका छन् ।
छोरी रेणु दाहाल र जुवाइँ पाठकको नै आपूर्ति मन्त्रालयमा हालीमुहाली भएकाले मन्त्री पुन छायाँ मन्त्री मात्र बन्न पुगको खवर साँघु साप्ताहिकले छापेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.