धनुषा, १ चैत । धनुषाको एक होटलमा राज्यको सुरक्षा निकाय मध्येको एक राष्ट्रिय अनुसन्धान विभागका एक जना अधिकारी शारीरिक सम्पर्क राख्दा राख्दै रंगेहात समातिएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ढल्केवरस्थित श्रीराम गेष्ट हाउसमा युवतीसँग मस्ती गरिरहेका बेला राष्ट्रिय अनुसन्धान विभाग(राअवि)का मुख्यपहरेदार ४२ वर्षीय विक्रम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
राअविको महोत्तरी कार्यालयमा कार्यरत यादव प्रहरीले छापा मार्ने क्रममा उक्त गेष्ट हाउसबाट रंगेहात समातिएका हुन् । उनको घर महोत्तरीकै औरही गाविस वडा नं. ३ मा छ ।
आइतबार गेष्टहाउसमा छापा मार्दा मुख्यपहरेदार यादव रङ्गेहात समातिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नायब उपरीक्षक सागरविक्रम राणाले बताए ।
गेष्टहाउसका सञ्चालक नेपाल प्रहरीका पूर्वकर्मचारी श्रीराम यादव छन् । गेष्टहाउसमा अनैतिक क्रियाकलाप नगराउन स्थानीयबासीहरुको आग्रहलाई गेष्टहाउस सञ्चालक यादवले अस्वीकार गर्दैआएका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...