-->
पार्टी एकढिक्का बनाउने कामना गर्दै कांग्रेसले मन्दिरमा एक क्वीन्टल लड्डु चढायो

बुटवल, ५ चैत । नेपाली कांग्रेसका नव निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले पार्टीलाई एक ढिक्का बनाउने कामना सहित रुपन्देहीको छपिया स्थित दुर्गा मन्दिरमा काग्रेसका स्थानिय नेताहरुले एक क्युण्टल बढीको लड्डु चढाएका छन् ।
नेपाली कांग्रेस दयानगर गाउ समितिले काग्रेसका नेताहरुबीच एकताको कामना गर्दै आज शुक्रवार छपियाको दुर्गा मन्दिरमा एक क्युण्टल एक किलोको लड्डु चढाएको हो ।
लड्डु चढाउदै उनीहरुले नेताहरुले बिगतमा जस्तो पार्टीमा गुट उप गुट नभई एकबद्ध भएर अघि बढ्ने कामना सहित नव निर्वाचित केन्द्रिय सदस्य बालकृष्ण खाणको सक्रिय र प्रभावकारी भुमिकाको अपेक्षा गरेका थिए ।
त्यस पश्चात आयोजित संक्षिप्त कार्यक्रममा काग्रेसका क्षेत्रीय सभापति प्रेम बहादुर फौज्दार, महासमिति सदस्य भगवति चौधरी, जिल्ला सदस्य कृष्ण बहादुर गौतम, क्षेत्रीय सचिव घनश्याम चालिसे,सदस्य रफिक मुसलवान, गोपाल पाण्डे लगायतले काग्रेसलाई गुट रहित बनाउन आफुहरुले स्थानिय तहबाट पहल सुरु गर्दै केन्द्रमा पनि पहलका लागि दवाव दिने बताउनु भएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.