काठमाडौं, १३ चैत । नेपालले चीनसँग महत्वपूर्ण सम्झौता गरेपछि काठमाडौंमा भारतीय राजदूतावासले सक्रियता बढाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न र चीनसँग भएका सम्झौता अगाडि बढ्न नदिन भारतीय राजदूत रञ्जीत रेले विशेष सक्रियता बढाएका हुन् ।
यसक्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि तराईमा आन्दोलनरत मधेसवादी दलका नेताहरुसँग भेटवार्ता गरेका छन् । कसैलाई उसकै निवासमा त कसैलाई दूतावासमै बोलाएर छलफल गरिरहेका छन् ।
बुधबार भएको छलफलमा मधेसवादी दलका नेतालाई आन्दोलन गर्न निर्देशन दिँदै उनले भारतले जस्तोसुकै सहयोग गर्ने भनेका छन् । यो भनाई पछि उनलाई फिर्ता पठाउनुपर्ने र देश निकाला गर्नुपर्ने माग उठेको छ ।
यो त अति भयो, कुटनीतिक सीमा नाघेर ठाडो हस्तक्षेप गरेको भन्दै समाजिक सञ्जालमा पनि फिर्ता पठाउन माग गरिएको छ ।
यसैक्रममा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले पनि नेपालमा आतंक मच्चाउन खोज्ने भारतीय राजदूतलाई देश निकाला गर्न आफ्नै सरकारसँग माग गरेको छ ।
बुटबलमा आयोजित कार्यक्रममा बोल्दै युवा संघका अध्यक्ष राजीव पहारीले नेपालमा शान्ति र स्थिरता हुन नदिन खुलेयाम लविङ गर्ने भारतीय राजदूतलाई सरकारले तुरुन्त फिर्ता पठाउनुपर्ने बताए ।
उनले भने– ‘नेपालमा स्थिरता र आतंक मच्चाउने भारतीय राजदूतले नेपाल छाड्नुपर्छ । देशद्रोही काम गरेकाले नेपाल छोडाउनुपर्छ । राजद्रोहको मुद्दा लगाएर देशनिकाला गर्नुपर्छ ।’
राजदूत रेले विगतदेखिनै कुटनीतिक सीमा नाघ्दै आएको भन्दै प्रधानमन्त्री स्वदेश फर्किएपछि ध्यानाकर्षण गराउने उनको भनाई छ ।
1 comments
प्रतिक्रिया दिनुहोस्...

March 26, 2016 at 6:44 PM
balla chinyou ? kalo sarpalai ? india\indian leaders are stupid for SAARC country