-->
त्रिभुवन विमानस्थलबाट रसियन नागरिक पक्राउ, यस्तो छ कसुर

काठमाडौँ, ५ जेठ । त्रिभुवन विमानस्थलबाट प्रहरीले एक रसियन नागरिकलाई नियन्त्रणमा लिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कतार एयरवेजको उडान नम्बर क्यूआर ६५३ द्धारा काठमाडौँबाट मस्को जान लागेका रसियन नागरिक राहदानी नम्वर ६४ एन ९०६३१८९ बाहक इलेना डाझिनलाई प्रहरीले अवैध लागूऔषध चरेश ८ ग्रामसहित पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्डव्यागेज चेकिङमा बुधबार प्रहरीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश बरामद भएको थियो ।

निजलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर पठाइएको छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.