-->
जङ्गलमा अखाडा जमाएर बसेको बोको हरामलाई निर्मूल पारिने

लागोस, नाइजेरियाली रक्षा मन्त्री मन्सुर दान अलीले सम्बीरा जङ्गलमा अखाडा जमाएर बसेका बोको हराम आतङ्कवादीका सबै शिविर र गोप्यस्थलमा आक्रमण गरी निर्मूल पारिने बताउनुभएको छ ।
बोको हराम सदस्यहरुले मुलुक कै बाक्लो सम्बीसा जङ्गललाई बलियो एक भूमि बनाई लुकेर बसेका छन् ।
उक्त जङ्गललाई घेराहाल्ने प्रयोजनले जाम्फारा प्रान्तको उत्तरपश्चिमी क्षेत्रको उपयुक्त सामरिकस्थलमा एक सैनिक व्यारेकसमेत निर्माण भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
बोको हराम आतङ्वादीहरुले विगत छ वर्षयता दसौँ हजार निर्दोष जनताहरुको हत्या गरेको सयौँ युवतीको अपहरण गरेका छन् ।
उनीहरुको यस्तो हिंसात्मक उग्रताका कारण दसौँ लाख जनता घरवार विस्थापित भएका छन् ।
सन् २०१५ को डिसेम्बर महिनादेखि बोको हराम आतङ्कवादीहरुलाई प्राविधिकरुपमा परास्त गरी सकिएको अव उनीहरु सरकारी सेनासँग मुकाबिला गर्न नसक्ने तर गुरिल्ला सैलिमा फाट्टफुट्ट आक्रमण गर्ने स्थितिमा पु¥याइएको उहाँले जानकारी दिनुभयो ।
क्यामरुन, चाड, नाइजर र बेनिनको संयुक्त सहयोगमा नाइजेरियाले आफ्नो नेतृत्वमा सन्. २०१५ मार्चमा आठ हजार सात सय जना सैनिक संलग्न एक शक्तिशाली बहुराष्ट्रिय सुरक्षा बल खडा गरिएकोले बोको हरामविरुद्ध लड्दै आएको छ ।
नाइजेरियाले दुई वर्षमा ३५९ प्रहरी अधिकारी गुमाए
यसैबीच नाइजेरियामा सन् २०१४ देखि २०१६ सम्मको दुई वर्षको अवधीमा ३५९ प्रहरी मारिएका नाइजेरिया प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ ।
यसैगरी यस अवधीमा २७५ प्रहरी अधिकारीहरु घाइते भएका पनि सो स्रोतले प्रष्ट पारेको छ ।
सन् २००९ बाट बोको हराम आतङ्ककारी समूहले जारी राखेको आतङ्ककारी आक्रमणहरुको कारण प्रहरी अधिकारीहरुको हताहती सङ्ख्या बढेको बताइएको छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.