कर्णाली नदीमा एक जना बेपत्ता
कालीकोट, जेठ १० - जिल्लाको फुकोट गाविसमा ढुङ्गाले लागेर कर्णाली नदीमा खसेका एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा थिर्पु गाविस बेर्सनकोटका छक्क रोकाया छन् ।
सामान ढुवानीका लागि खच्चड लिएर थिर्पुबाट लालिघाट बजार जाँदै गर्दा फुकोट गाविसको नडी भन्ने स्थानमा माथिबाट आएको ढुङ्गा लाग्दा रोकाय कर्णाली नदीमा खसेको स्थानीय कलबहादुर ऐडीले जानकारी दिनुभयो ।
पछिल्ला दिनमा परेको वर्षाका कारण कालीकोटको ग्रामीण क्षेत्रमा हिँडडुल गर्न कठिनाई हुने गरेको छ । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...